» » उपेन्द्र यादव जितेपछि उमेश यादवको यस्तो आयो विज्ञप्ति


प्रेस बक्तव्य
२०७४÷०८÷२३
लामो संघर्ष र वलिदानी पछि मुलुकले संविधानसभा मार्फत संविधान पाएको छ । संविधानमा केहि असन्तुष्टि स्वभाविक हो, नेकपा माओवादी केन्द्रले पनि फरक मत सहित संविधान जारी गर्न योगदान ग¥यो । सोहि संविधान कार्यान्वयनको महत्वपुर्ण चरण अन्तर्गत प्रतिनिधि र प्रदेश सभा निर्वाचन पनि सम्पन्न भएको छ । सर्वप्रथम मंसिर २१ गते सम्पन्न दोश्रो चरणको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट विजय उम्मेवदारलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु । साथै यस ऐतिहाँसिक घडिमा वामगठवन्धन र मलाई मतदान गर्ने मतदाता तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्दछु ।
निर्वाचनमा जित–हार स्वभाविक हो, मैले यसलाई पराजयको रुपमा लिएको छैन । चुनावमा जित्नुभन्दा अघि पनि मैले सप्तरीका जनताको विचमै रहेर सेवा गरेको थिए र जनताले प्रतिनिधि वनाउँदा समेत जिम्मेवारीलाई ईमान्दारीताका साथ निभाएको कुरा स्मरण गराउँन चाहान्छु । आगामी दिनमा समेत जनताको विचमै रहेर सेवा गर्ने र दुःख सुखमा साथ दिने प्रतिवद्धता र प्रण गर्दछु । यसका साथै अन्धजातिय अहंकारवाद तथा सामन्ती अवसेसका विरुद्ध वलिदानी पुर्ण संघर्ष पनि जारी राख्ने प्रण गर्दछु ।
तसर्थ वाम गठवन्धनमा रहेका नेता÷कार्यकर्ता र शुभचिन्तकहरुलाई रत्तिभर विचलीत नभई जनतासँगको सम्वन्ध अझ सुदृढ वनाउन र आगामी दिनमा अझ सुमधुर सम्वन्ध बनाई सफलता प्राप्तीको लागि संघर्ष गर्न अपिल गर्दछु ।

उमेशकुमार यादव
प्रतिनिधि सभा सदस्य उम्मेदवार
सप्तरी, निर्वाचन क्षेत्र नं. २

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..