» » मधेशी नेताले किन रोजे दुई नम्बर प्रदेश ?

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि नेताहरु चुनावी अभियानमा लागेका छन् । चुनाव कसरी जित्ने भनि विभिन्न नारा र प्रचार शैलीहरु अपनाई रहेका छन् । दुई चरणमा हुने चुनावमा लागि मधेशवादी दलहरु गठबन्धन बनाएर चुनावमा गएका छन् । काँग्रेससँग लोकतान्त्रिक गठबन्धन नबनेपछि राजपा नेपाल र फोरम नेपाल गठबन्धन बनाएर चुनावमा होमिएका छन् ।


संयोग पनि कस्तो । राष्ट्रिय अध्यक्ष भनाउँदा मधेशबादी दलका सबै नेताहरु एउटै प्रदेशबाट चुनाव उठेका छन् । झापादेखि कञ्चनपुरसम्म एउटै प्रदेश माग गर्दै आएका मधेशवादी दलहरुका सबै शीर्षस्थ नेताहरु दुई नम्बर प्रदेशमै उम्मेदवार दिएका छन् । बरु त्यही प्रदेशमा राष्ट्रिय जनता पार्टीका नेताद्धय राजेन्द्र महतो र महन्थ ठाकुरले जिल्ला परिवर्तन गर्नुभएको छ तर अन्य दुई नम्बर प्रदोशभन्दा बाहिर जानु भएको छैन । यहाँसम्म कि एक नम्बर प्रदेशको मोरगं र सुनसरी चुनावी क्षेत्र रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समेत आफ्नो क्षेत्र छाडेर सप्तरीको दुई नम्बरबाट चुनाव लड्नु भएका छ । यद्यपी उहाँले आफू आफ्नो जन्मस्थानबाट चुनाव लडेको दावी गर्नुभएको छ ।


मधेशवादी दलहरु दुई नम्बर प्रदेशमै मात्र सिमिति हुनुले प्रष्ट हुन्छ उनीहरुको जनमत अन्य प्रदेशमा छैनन् । मधेश राजनीतिकका एकजना जानकारले भन्नुभयो, यदि उपेन्द्र यादवलाई आफ्नो सुनसरी र मोरगंमाथि विश्वास भएको भए त्यहीबाट चुनाव लड्नु हुन्थ्यो, किन आफ्नो क्षेत्र छाडेर सप्तरी जानुभयो । आन्दोलनको भूमि सप्तरी रहेको हुनाले त्यहाँबाट जित्न सजिलो हुने भनेर सप्तरी जानु भएको हो ।’ चुनावमा जसले पनि आफ्नो सुरक्षित स्थान खोज्छन् । नभए मोरगं र सुनसरीबाट पनि अध्यक्ष यादवको नाम प्रतिनिधिसभाका लािग सिफारिश भएको थियो । त्यहाँ किन जानुभएन । यसबाट पुष्टि हुन्छ कि फोरम नेपालको पनि मोरगं र सुनसरीमा राम्रो संगठन छैन, ती जानकारको दावी छ ।


पहिलो सविधानसभा चुनावमा मोरगं र सुनसरीबाट एकैसाथ चुनाव जित्नु भएका उपेन्द्र यादवलाई दोस्रो सविधानसभा चुनावमा यी दुई जिल्लाबाट चुनाव जित्न धौधौ परेको थियो । मोरगंबाट उहाँ हार्नुभएको थियो । सुनसरीबाट बल्ल बल्ल जित्नु भएका उपेन्द्र यादव बडो होसियारी पूर्वक उहाँले चुनावी क्षेत्र परिवर्तन गर्नुभयो । सप्तरीको दुई नम्बरमा पनि उहाँलाई जित्न त्यति सजिलो छैन । काँग्रेसले उहाँका लागि उम्मेदवारी फिर्ता लिएपनि उहाँकै गठबन्धन राजपाका नेता जेपी ठाकुर बागी उठ्नु भएको छ । र, उहाँले मधेशी भोट नै काट्ने भएकाले उपेन्द्र यादव अप्ठ्यारोमा परेको बताइन्छ । वाम गठबन्धनबाट माओवादी केन्द्रका उमेश यादवले उमेदवारी दिनुभएको छ ।


अध्यक्ष महतोले पनि सर्लाहीभन्दा आफूलाई धनुषामा सुरक्षित ठान्नुभयो । र, शक्ति केन्द्रहरुले रोकेपनि उहाँ त्यहाँबाट चुनावा लड्नुभयो । जति उहाँले धनुषाका तीन नम्बरबाट चुनाव लड्न मेहनत गर्नुभयो त्यति सर्लाहीमा गरेको देखिदैन ।

जब कि सर्लाही उहाँको गृह जिल्ला हो । उहाँले काँग्रेसलाई सर्लाही–४ या धनुषा–३ खाली गराउनुस् भन्नुभएको थियो तर सबभन्दा बढी बल धनुषा–३ का लागि नै गर्नुभयो । कारण थियो, सर्लाही भन्दा राजपा नेपालको संगगठन धनुषा–३ मा ठिक छ ।  त्यहाँबाट धरै ठूलो मतले राजपा नेपालका नेता लालकिशोर साह धनुषा उपमहानगरपालिकाको मेयरमा जित्नु भएको हो । त्यहाँ साहु महाजनको आकर्षण मत रहेको छ । सोही भोटबाट संजय साह टकला लगातार दुईपटक चुनाव जितेका कारण लोभ लागेर राजेन्द्र महतो त्यहाबाट चुनाव लड्नु भएको हो ।


राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर पनि यसपाली आफ्नो चुनावी क्षेत्र छाड्नु भएको हो । उहाँ पनि सुरक्षित स्थान खोज्दै सर्लाही पुग्नु भएको छ । सर्लाही–४ बाट दुईपटक चुनाव हार्नुभएका महन्थ ठाकुरलाई लाग्यो यसपटक पनि चुनाव जित्न सकिदैन र सुरक्षित स्थान खोज्दै महोत्तरी पुग्नुभयो । महोत्तरी उहाँको जन्मस्थान भएपनि कर्मस्थानका कारण उहाँ सर्लाहीलाई चुनावी क्षेत्र बनाउनु भएको थियो तर उहाँलाई एकचोटी फोरम नेपालका शिवपुजन राय यादवले हराउनुभयो भने अर्कोपटक डा.अमरेशकुमार सिंह हराउनुभएको थियो  ।

महोत्तरी–२  बाट राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिह भण्डारी चुनाव उठनु भएकोछ । उहाँ पनि पटकपटक आफ्नो चुनावी क्षेत्र परिवर्तन गर्दै आउनु भएकोछ । यसअघि दुईटा क्षेत्रबाट चुनाव हार्नुभएको नेता हुनुहुन्छ । पहिलो सविधानसभामा फोरम नेपालबाट महोत्तरी–४ बाट चुनाव जित्नु भयो दोस्रो सविधानसभा चुनावको बेला उहाँ आफ्नै पार्टी बनाएर महोत्तरी–१ र ६ बाट चुनाव लड्नु भएको थियो । तर पराजित हुनुभयो ।
अहिले उहाा राजपा र फोरम नेपालको संयुक्त गठबन्धनबाट चुनाव लड्नु भएको हो । राजपा नेपालका अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा पनि अघिको सविधानसभा चुनावमा हार्नुभएको थियो । अहिले राजपा नेपाल र फोरम नेपालको गठबन्धनबाट चुनाव लड्नु भएको छ । अध्यक्ष मण्डल अर्का सदस्य राजकिशोर यादव पनि यसअघि चुनाव हार्नुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..