» » सिरहा मालपोतमा बम बिस्फोट, विधायक भन्नुहुन्छ, मधेश सरकार असफल बनाउन विस्फोट गराएको हो

सिरहा, पुस ७ गते । मालपोत कार्यालय सिरहामा शुक्रवार दिउँसो बम बिस्फोट भएको छ । मालपोतको माथिल्लो तल्लामा कार्यालय प्रमुख, तामेली र कम्प्युटर शाखाको बीचमा बम विस्फोट हुँदा तीन जना घाइते भएका छन् ।

सिरहा नगरपालिका–१२ सारश्वरका अन्दाजी ४५ वर्षीय राजकुमार पासमान र उनको छोरा २५ बर्षिय रोशन पासमान तथा सिनपा–१ का ३५ बर्षिय पवन कुमार पासमान घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पासमान बाबु छोरा काम गराउन आएको थियो भने पवन लेखापढि व्यवसाय हुनुहुन्छ ।

घाइतेहरु मध्ये पवनलाई उपचारका लागि बाहिर पठाइएको छ भने बाँकी दुई जनालाई पनि रेफर गर्न सकिने जिल्ला अस्पताल सिरहाका प्रमुख डा.चुमनलाल दासले बताउनुभयो । उहाँले घाइतेहरुको शरिरमा फुटेका सिसा हुन सक्ने शंका लागेको हुँदा प्राथमिक उपचार पछि बाहिर पठाउनुपर्ने भन्दै सिसाजन्य पदार्थ झिक्ने उच्चस्तरका मेसिन नभएको हुँदा यहाँ उपचार गर्न सकिदैन् ।’

बिस्फोटबाट कार्यालयको माथिल्लो तल्लामा रहेको तामेली शाखाको ढोका र कम्प्युटर शाखाको सिसामा समान्य क्षति पुगेको सिरहा प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताउनुभयो । सुरक्षा व्यवस्थालाई कडाई पार्दै घटनाको विषेश अनुसन्धान थालेको उहाँले बताउनुभयो ।

सिरहा प्रदेशसभाका सदस्य सुरेश मण्डलले मधेश सरकारलाई असफल बनाउनका लागि यो बम विस्फोट राज्यले गराएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, मधेसमा राज्यपक्षको लापरबाहीले गर्दा ठाउँ ठाउँमा बम बिष्फोट लगायत अपराधीक घटना घटिरहेको छ । र अराजकता फैलाउने प्रयास भैरहेको छ साथै आगामी मधेस सरकारलाई असफल बनाउने प्रयास भइरहेको छ । मधेसी जनता सचेत हुन जरुरी छ । मधेस बिरोधी तत्वदेखी होसियार ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..