» » राजपाका चौधरी विजय

सप्तरी मंसिर २४ गते । स्थानीय तहमा पराजित चन्द्रकान्त चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।


सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राजपाका उम्मेदवार चौधरीले २२ हजार पाँच सय ८४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रबाट डाकनेश्वरी नगरपालिकाको प्रमुखमा पराजित हुनुभएको थियो ।

कांग्रेसका जिल्ला सभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति दिनेशकुमार यादवलाई उहाँले प्रतिनिधिसभा सदस्यमा पराजित गर्नुभएको छ ।

 चौधरीले प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवलाई तीन हजार एक सय ८३ मतान्तरले हरानउु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले १९ हजार चार सय एक मत ल्याउनु भएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..