» » चुनाव जित्ने बित्तिकै प्रदीप गिरी किन भाग्नुभयो काठमाडौ ?

सिरहा पुस १ –देशभरका प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा जितेका नेताहरु अहिले घरदैलो कार्यक्रम गरि मतदातालाई धन्यवाद दिनमा व्यस्त रहेको बेला सिरहा १ बाट प्रतिनिधिसभा सदस्य जितेका प्रदीप गिरी भने चुनाव लगत्तै काठमाडौ फर्किनु भएको छ । 

चुनावका समयमा पनि उहाँमाथि जितेर गएपछि क्षेत्रमा कम आउने, कार्यकर्ता तथा जनताको सम्पर्कमा कम बस्ने नेता भएको आरोप लागेको थियो । त्यो आरोपलाई सामना गर्दै गिरीले दुख सुखमा साथ दिने अधिकाँश समय क्षेत्रमै दिने प्रतिवद्धता गर्नुभएको थियो ।

तर,  जित्ने वित्तिकै आफ्नो प्रमाणपत्र समेत नलिई उहाँ काठमाडौ फर्किनुभयो । बरु उनीबाट हारेका वामपन्थीका उम्मेदवार गंगाप्रसाद यादव घरदैलो गरि मतदातालाई धन्यवाद दिँदै हिडिरहेका छन् ।  जितेका नेता जनताको घरदैलोमा नगएपछि मतदाताहरु निराश भएका छन् ।

विजय जुलुसले जिल्लाका अन्य क्षेत्रहरु उल्लासमय भएका छन् तर सिरहा १ भने उदास भएको लहान १४ का मतदाता कमल यादवले बताउनुभयो ।   

मतदाता यादवले भन्नुभयो, ‘गिरीजीले जसको मतले जितेपनि यो क्षेत्रको जनताले जिताएको बुझ्नुपर्छ, अब यस क्षेत्रका सबै जनताको अधिकार उहाँमाथि छ तर जित्नै वित्तिकै काठमाडौ गएर बस्नुले निराशा छाएको छ ।’
 

 यता पराजित गंगा प्रसाद यादव भने सिरहा १ को दुवै प्रदेशका एमालेका विजेता उम्मेदवारहरु लगनलाल चौधरी र अशोक यादवसँगै विजय जुलुसमा सहभागि भइरहनु भएको छ ।

लहान १७ का अर्का मतदाता रेवती भण्डारी भन्नुहुन्छ–‘उमेरले ६० लागेपनि प्रदिप गिरीलाई नचिनेको भन्दै चुनाव जितेर गाँउमा आउलान् भन्ने धोको थियो आउनु भएन । बौद्धिक नेता भनेर खुबै चर्चा सुनेको तर मतको कदर होला जस्तो छाँटकाँट देखिएन ।’

 पार्टीको आकस्मिक बैठक परेका हुनाले गिरी काठमाडौ गएको पार्टीका क्षेत्रीय सभापति अच्चमितलाल चौधरीले बताए । उहाँले भन्नुभयो, ‘गिरीजी सन्त नेता भएका हुनाले धेरै तडक भडक नगर्ने हुनुभएको छ तर काठमाण्डौवाट फर्केपछि जनतासँग भेटघाट गर्नुहुन्छ ।’

यता गिरीसँग सम्पर्क गर्दा विरामी भएर काठमाडौ आएको प्रतिकृया दिनुभयो । उहाँले आफू मेडिकयर अस्पतालमा उपचाररत रहेको समेत बताउनुभयो ।

यद्यपी केको विरामी भएको भन्नेचाहिँ उहाँले खुलाउनु भएन । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..