» » जन्मस्थान फर्केका महन्थ ठाकुरमाथि आइलाग्यो चुनौति

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले आफ्नो चुनावी क्षेत्र परिवर्तन गरेपनि चुनाव जित्न कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । तार से गिरा खजुर पे अट्का भने जस्तै संयोजक ठाकुुरलाई भएको छ । जे कारणले उनी महोत्तरी छाडेर सर्लाही आएका थिए त्यो समस्या उनलाई यहाँ पनि घेरेको छ । जन्मस्थान महोत्तरी भएपनि कर्मस्थान सर्लाही भएको कारणले उनी त्यहीबाट चुनाव लड्दै आइरहेका थिए ।


सविधानसभाका दुईटै चुनाव हारेका अध्यक्ष ठाकुर यो चुनाव पनि हार्ने आँकलन गर्दै सुरक्षित स्थान खोजर महोत्तरी आएका हुन् तर यहाँ पनि त्यति सजिलो नरहेको स्थानीयहरु बताउँछन् । उनलाई काँग्रेस र आफ्नै पार्टी घाँडो भएको छ । 


सर्लाही–४ बाट सविधानसभा चुनाव उठेका संयोजक ठाकुर पहिलो सविधानसभा चुनावमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बनेका शिवपुजन राय यादव र दोस्रो सविधानसभा चुनावमा नेपाली काँग्रेसका डा.अमरेशकुमार सिंहले हराएका थिए । लगातार दुईपटक चुनाव हारेका संयोजक ठाकुर पुनः त्यहाँबाट चुनाव लड्ने आँट देखाएनन् । बरु समानुपातिकबाट संसद बन्ने टुगोंमा उनी पुगेका थिए ।

समानुपातिकको बन्दसूची एक नम्बरमा उनको नाम पनि पठाइएको थियो तर पार्टीभित्र अध्यक्ष मण्डलका सबै सदस्यहरु प्रत्यक्षमा चुनाव लड्नुपर्ने दवाव बढेपछि उनी समानुपातिकबाट आफ्नो नाम हटाई चुनाव लड्ने मनस्थिति बनाएका थिए ।


त्यतिबेलासम्म कहाँबाट चुनाव लड्ने भनि टुगों लागेको थिएन । सर्लाही–४ बाट चुनाव लड्ने हो भने अमरेश सिंहले उम्मेदवारी फिर्ता लिनुपर्ने प्रस्ताव काँग्रेसमा लगेका थिए । तर, अमरेशले कुनै पनि हालतमा क्षेत्र नछाड्ने अडान लिए । त्यसपछि उनले शिवपुजनलाई मनाउन तिर लागे । राजपा नेपालबाट माओवादी केन्द्रमा गएका शिवपुजनलाई राजपामा आउनुस्, प्रदेशमा लड्नुस् या राज्यसभामा जानुस् भनि प्रलोभन पनि अध्यक्ष ठाकुरबाट गएको थियो तर उनले आफू माओवादी केन्द्रबाट चुनाव लड्ने निश्चित भइसकेकाले फिर्ता नहुने जवाफ फर्काएका थिए ।

जुन दुईटा व्यक्तिबाट दुईपटक चुनाव हारेका छन् ती दुई व्यक्ति नै प्रतिस्पर्धामा चुनाव लडिरहेका छन् भने त्यहाँबाट चुनाव लड्नु भनेको रिश्क लिनु हो भनि निष्कर्षमा ठाकुर पुगेका थिए । २०७० सालको चुनावमा सोही क्षेत्रबाट अमरेश, शिवपुजन र ठाकुर चुनाव लडेका थिए । अमरेश चुनाव जितेका थिए भने दोस्रो स्थानमा शिवपुजन र तेस्रो स्थानमा ठाकुर थिए । यी सबै हिसाब किताब खोज्दै उनी जन्मस्थान महोत्तरी फर्के । महोत्तरीकै चारवटै चुनावी क्षेत्र उनले चहार्न लगाए ।


र सबभन्दा सुरक्षित ठाउँ क्षेत्र नम्बर तीन रोजे । सोही क्षेत्रमा उनको जन्मघर एकरहिया पनि रहेको छ । सो क्षेत्रमा एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका र पिपरा गाउँपालिका गरि पाँचवटा स्थानीय तह रहेको छ । पाँचवटै तह राजपा नेपालले जितेको छ । त्यो जतिको सुरक्षित स्थान कोही कसैको छैन । र, उनले तीनबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिए ।


तर, यसअघि त्यहाँबाट सविधानसभा चुनाव जितेका चन्देश्वर झा उनका लागि घाँडो भएको छ । राजपा नेपालबाट सो क्षेत्रका लागि टिकट दिने भनि झालाई पार्टीमा ठाकुरले नै भित्र्याएका थिए । तर ठाकुरले झालाई टिकट नदिई आफै उम्मेदवार बनेपछि उनी बागी उम्मेदवार बनेका हुन् ।

क्षेत्रमा राम्रो पकड बनाएका झालाई उम्मेदवारी फिर्ता लिनका लागि राजपा नेपालका नेताहरुले विभिन्न प्रलोभनहरु दिए तर उनले मानेनन् । अर्कोतिर एमाले र माओवादीको गठबन्धनबाट विजय चौधरीले उम्मेदवारी दिएका छन् भने उता काँग्रेसका बजरंग नेपालीले ठाकुरका लागि उम्मेदवारी फिर्ता लिए पनि स्थानीय नेताहरुले ठाकुरलाई स्वीकार गरेका छैनन् । उनीहरु भन्छन्, हाम्रा उम्मेदवार जितिरहेका थिए तर केन्द्रले जवर्जस्ती उम्मेदवारी फिर्ता लिन लगाए, जो हामीलाई ठिक लागेन ।’


काँग्रेसको तर्फबाट उम्मेदावरी फिर्ता लिएका वजरंग नेपालीले भन्छन्, केन्द्रीय नेतृत्वले उम्मेदवारी फिर्ता लिन हामीलाई निर्देशन दिएपछि फिर्ता लिएका हौं तर यहाँका स्थानीय पार्टीका कार्यकर्ताहरु मान्न तयार छैनन् ।’ केन्द्रले निर्देशन दिएको छ तर स्थानीय स्तरमा कुरा नमिलाएको बताउँदै नेपालीले यो एकतर्फा प्रेम भएको आरोप लगाए । आफूले मात्र फिर्ता लिएको तर राजपा नेपालबाट त्यसका लागि केही नगरेको गुनासो गर्दै उनले प्रतिनिधिसभा राजपा नेपालले लिएको छ भने प्रदेश काँग्रेसलाई दिनुपर्ने आफूहरुको माग रहेको छ, यदि यसमा कुरा मिल्यो भने आफूहरुको पूर्ण समर्थन रहन्छ नत्र भन्न नसकिने बताए ।

काँग्रेसका महोत्तरी–३ को (क) मा शम्भुनारायण पाठक रहेका छन् भने राजपा नेपाकला अभिराम शर्मा रहेका छन् । (ख) मा पवन साह काँग्रेसका रहेका छन् भने राजपा नेपालका रानी शर्मा तिवारी रहेकी छिन् । राजपा नेपालका उम्मेदवारहरुले पनि उम्मेदवारी फिर्ता लिनुपर्ने काँग्रेस कार्यकर्ताको माग रहेको छ ।

 पार्टीले उम्मेदवारी फिर्ता लिन लगायो तर मत हाल्ने अधिकार खोस्न सक्दैन, फलानै ठाउँमा मत हाल भन्न सक्दैन, त्यसले अहिले आफ्नो पार्टीका उम्मेदवार नभएका कारणले स्वतन्त्र रुपमा मत हाल्न सजिलो भएको उनीहरु बताउँछन् । काँग्रेसको मत स्वतन्त्र उम्मेदवार चन्देश्वर झालाई जाने धेरै सम्भावना रहेको स्रोतहरुको भनाई छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..