» » मधेशमा वामगठबन्धन कमजोर हुनुको तीन कारण

–जिवछ यादव
चुनावको परिणाम आईसकेपछि केन्द्र र सरकार निर्माणको बहसले गति लिएको छ । प्राप्त जनमतको आधारमा केन्द्रमा बाम सरकार बन्ने लगभग पक्का नै भएको छ । प्रदेश नम्बर २ बाहेक अन्य ६ प्रदेशमा समेत बाम गठवनधनको सरकार बन्ने निश्चित भएको छ ।

हरेक चुनावी परिणामले दलहरुलाई सकारात्मक र सुधारात्मक सन्देश दिई रहेको हुन्छ । यस पटकको निर्वाचनले प्रदेश नम्बर २ मा मधेशवादी दलहरुले नै जनमत पाएको अवस्था छ । तर देशैभरि पहिलो स्थानमा रहेको बामगठबन्धन मधेशमा कमजोर भएको छ । किन कमजोर भयो त्यसकोृ खोजी गर्न आवश्यक छ । त्यसको बारेमा समिक्षा गर्न आवश्यक छ ।

बामगठबन्धनले मधेशको गरीबी पहिचान र वर्गीय मुद्दालाई समेटेर किन यो ऐतिहासिक घडीमा एकाकार गर्न सकेन । यसको गहिराईमा पुग्न बाम गठवन्धनका नेताहरुले सही विश्लेष्ण गर्न जरुरी देखिएको छ । यस प्रदेशमा बाम लहरको मजबुत पक्क्ड देखिएन । यसका कारणहरु प्रष्ट छ । मधेशी जनताले बाम गठबन्धनको समृद्धि र विकासको नारालाई किन साथ दिएन । मधेशीको दिल र दिमागमा कहाँ चोट लाग्यो । यस चोटलाई हटाउन बामगठवन्धन तयार हुने कि नहुने । यो विषयमा पनि बहस हुनु आवश्यक छ । मधेशवादी दलले उठाएको मधेश मुक्तिको सवाल, अधिकार र पहिचानको मुद्दालाई वामगठबन्धनले नउठाएको पनि होइन तर अनरसीप लिन सकेन । अहिले मधेशवादी दलले जति कुरा उठाएका छन् ।

 वामगठबन्धनले नउठाएको पनि होइन तर त्यसलाई मधेशी जनताको दिल दिमागसम्म पुर्याउन सकेन । मधेशको माग पुरा हुने गरि सहमतिका लागि छलफलको प्रकृया अगाडि बढाएर मधेशी दल र वामगठबन्धनबीच गठबन्धन बनाउनुपर्छ । मधेशको असन्तुष्टिमा खेलेर छिमेकी भारतले फेरि मधेशी गठबन्धन र वामगठबन्धनबीच भाँजो हाल्न सक्छ । जो विगतमा भएको हो । भारतले यी दुई गठबन्धनबीच पटक पटक खेलेको इतिहास साक्षि छ । अहिले पनि त्यसको प्रयास भइरहेको छ ।

यसरी परिवर्तनकारी शक्तिबीच मतभेद भइरह्यो भने मधेशमा विकास शान्तिले कहिल्यै स्थायीत्व पाउन सक्दैन । मधेशको मुक्ति, अधिकार, पहिचान र विकास, समृद्धिका लागि वामगठबन्धन र मधेशी गठबन्धनबीच सम्बन्ध हुनु आवश्यक  छ । यसका लागि आजैदेखि संवादको थालनी गर्नुपर्छ । काँग्रेसले देशलाई अनिर्णयको बन्दी बनाइ रहेको छ । लामो समयसम्म सत्तामा बसेर मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित, पिछडावर्गमाथि शोषण, दमन र विभेद गरेका काँग्रेस अहिले पनि निकास दिने पक्षमा देखिएको छैन । काँग्रेस पार्टीका नेताहरुको क्रियाकलाप हेर्दा जनताले दिएको जनादेशलाई अपमान गरेको छ ।

मधेशका बदरमत सिके राउतको पक्षमा हजरौं मत कोठा बाहिर रहेकाले यसप्रति पनि राज्य सजग हुनु आवश्यक छ । सिके राउतले एउटा गाउँलाई नै मत नहाल्न प्रेरित गर्न सक्छ भने भोली दुईटा, पर्सी तीनटा, निपर्सी चारवटा त्यसपछि सिगैं मधेशलाई प्रेरित गर्न सकिदै भनि भन्न सकिदैन । सिके राउतका अभियानका कारण हजारौ मत कोठली बाहिर परेको छ । यो पनि गम्भीर कुरा हो ।

यस्ता कुरालाई नजर अन्दाज गर्यो भने भोली गएर नकारात्मक प्रभाव पार्न सक्छ । सानो असन्तुष्टिले विद्रोहको बीउ हुने गरेको कुरालाई हेक्का राख्न समयमै ध्यान दिनु जरुरी छ । अहंकार त्याग्न तथा व्यवहार सच्चयाउन नसके सही धारातलमा आउन नचाहे सानो असन्तुष्टिहरु विद्रोहको जननी हुने विषय संसारमै जग जाहेर छ । त्यसैले मधेशको सवालमा वामगठवन्धनका शीर्ष नेताहरु फराकिलो मन मनाएर अगाडि आउनु आवश्यक छ ।

उपेन्द्र यादव राष्ट्रवादी समाजवादी र कम्युनिष्ट आचरण भएको नेता हुनुहुन्छ । कारण, एमाले र माओवादी हुँदै मधेशी जनअधिकार फोरम नेपाल समाजिक संस्था दर्ता गराएर मधेश मुक्तिको अभियानमा लाग्नु भएका उपेन्द्र यादव आज मधेशकै कुरा गरेर हिमालसम्म फैलिनु भएको छ । उहाँको दलले मधेशमा मात्रै होईन पहाड र हिमाललमा पनि मत र आस्था जोडिएको पार्टी हो । यसपटक हिमाल र पहाडको मतले सँख्यात्मक रुपमा उपेन्द्र यादवलाई साथ दिएन तर आउने दिनमा उपेन्द्र यादवलाई साथ दिनसक्छ किनभने उहाँले मधेशको सवाल जसरी उठाउनु भएको छ त्यसरी हिमाल र पहाडका आदिवासी जनजातिको कुरा उठाउनु भएको छ । त्यो अनुसारको गृहकार्यहरु पनि गर्नुहुन्छ ।

तर बामगठबन्धनको भनाई र गराईमा फरक देखिएको छ । त्यही भएर मधेशमा वामगठबन्धनको पक्कड बलियो भएन । वामगठबन्धनले मधेशलाई हेला गरेको, हेपेको कुरा चुनावमै प्रष्ट भयो । हट प्रदेश तथा राजनीतिक रुपमा रणनीतिक क्षेत्र देखिएको दुई नम्बर प्रदेशमा सबै दलले चुनावी सझा गरे । त्यसमा शीर्ष नेताहरु आएर भाषण पनि गरे ।

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं ठाउँ ठाउँमा भाषण गर्नुभयो । मधेशवादी दलका सबै नेताहरु यही प्रदेशबाट चुनाव लडेका कारण प्रदेश मधेशमै भएको थियो तर वामगठबन्धनका कुनै पनि नेताहरु यहाँ आउनु भएन । त्यसले पनि मधेशी जनतालाई चित्त दुखेको हुनुपर्छ । वामगठबन्धनले ठानेको होला एउटा प्रदेशबाट मात्र मत आएन भने केही फरक पर्दैनन् । तर, यदि त्यस्तो सोचेको हो भने त्यो महाभुल हो । देशकै लागि दुई नम्बर प्रदेश निकै महत्वपूर्ण प्रदेश हो । यसलाई नजर अन्दाज गर्यो भने देशलाई सही दिशा दिन गाह्रो हुनेछ ।

 यसको दुईवटा कारण प्रमुख रुपमा देखिएको छ । पहिलो कारण वाम गठवन्धनका स्थानीय नेता कार्यकर्ताहरुको असन्तुष्टिलाई हल गर्न नसक्नु, अन्तर्घातको कैची चल्नु, सिरहाको १ र ४ नम्वर क्षेत्रमा माओवादीका स्थानीय नेताहरु बाम गठवन्धनलाई मत हाल्नु भन्दा रकम लिएर काँग्रेस र राजपालाई मत हाल्नु रहेको छ । अत्यधिक मत हुाँदा हुँदै पनि सिरहा ४ मा वामगठबन्धनका उम्मेदवार अजय शंकर नायक माओवादीको केन्द्रिय नेताहरुको अन्तर्घातको शिकार भएको चर्चा सुन्न पाइन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जितेको क्षेत्र हो त्यो । वामगठबन्धनको किल्ला हो त्यो । वामगठबन्धनको पकड भएको क्षेत्र हो त्यो । अनि कसरी हार्यो । वामगठबन्धनले यसको बारेमा समिक्षा गर्ला कि नगर्ला ?

यस्तो अन्तर्घात प्रदेश नम्बर दुईको अधिकाँश क्षेत्रमा भएको पाइन्छ । स्थानीय तहको मतको हिसाब गर्दा कोही २० हजार मतले अगाडि त कोही १० हजार मतले अगाडि थियो । यदि मतमै हेरफेर भयो भने आधाभन्दा बढी हुनै सक्दैन भने वामगठबन्धनको मत गयो कहाँ त्यो सहजै अनुमान लगाउन सकिन्छ । दोस्रो कारण, मधेशमा मधेशवादी दलहरुले वामगठवन्धन संविधान संशोधनमा लचिलो नभएको प्रचार गर्यो । मधेशको विकास, अधिकार दिनुको बाधक वामगठबन्धन नै रहेको प्रचार मधेशवादी दलले गरेको छ ।

 मधेशको समस्या समाधान गर्न मधेशवादी दललाई नै मत दिनु पर्ने प्रचारलाई बामगठवन्धनका उम्मेदवार तथा नेताहरुले चिर्न सकेन । तेश्रो कारण, दारु भारुको व्यापक चलखेल भयो । निर्वाचन आयोगले लागु गरेको आचारसहिंता राम्रोसँग लागु नभएको देखियो । बाम गठवन्धनका उम्मेदवारहरुमा पार्टी एकता नै हुने र स्थानीय निकायको निर्वाचनमा आएको मत परिणामको अधारमा जित्ने अहंकार र अव्यवहारिक व्यवहारको कारण पनि हार व्योहोर्नु परेको छ ।

वामगठवन्धनले मधेशको चुनावी परिणाममा भएको त्रुटि कमजोरीहरुलाई सच्याउन हरेक कमिटिको बैठक बसेर अन्तरर्घात गर्नेहरुलाई कारवाहीको प्रक्रियामा ल्याउनु पर्ने देखिएको छ । वाम अगुवा नेताहरुको सम्वन्ध गाँउबाट टाढिदै शहर केन्द्रित हुँदै जानु, गरीब दलित र पिडित जनतासँग सम्बन्ध बलियो र विश्वासिलो नहुनु, प्रशिक्षण अत्यन्त फितलो हुनुले पनि वाम गठवन्धनका समर्थकहरु चुनावको मुखमा दारु भारुको प्रभावमा पर्ने तथ्यलाई कुनै हालतमा नजर अन्दाज गर्नु हुँदैन । गल्तीबाट सिक्नु नै असली सिकाई हुने भएकोले यस विषयमा तुरुन्तै ध्यान केन्द्रित हुनु जरुरी छ ।

जहाँसम्म प्रदेश नम्वर २ मा सरकार निर्माणको प्रक्रिया छ । यसको लागि प्रचण्ड र ओली दुवै शीर्ष नेताहरु प्रथम चरणमा संघिय समाजवादी फोरम नेपालका शीर्ष नेताहरुसँग घनिभूत छलफल गर्न चुक्नु हुँदैन । कारण मधेशमा पनि मधेशवादीसँग वाम गठबन्धनको सरकार बन्यो भन्ने यसले शतप्रतिशत समृद्धि विकास र निकासको ढोका खोल्ने छ । मधेशवादी दलहरुले उठाउँदै गरेका कतिपय मुद्दाहरुमा वामगठवन्धन फराकिलो हुन जरुरी पनि रहेको छ ।

मधेशको मुद्दा स्थापित गराउन जनमत मधेशवादी दलको पक्षमा गएको हो । तसर्थ आफ्नो अडानबाट लचिलो भएर प्लाष्टिकबाट एलाष्टिक भएर वामगठबन्धनले सोचौ मधेशमा पनि वामगठवन्धन र मधेशवादीहरुको तालमेल गर्न वामगठबन्धनका शीर्ष नेताहरु नचुकौ । उपेन्द्र यादव एमाले र माओवादी हुँदै मधेशवादी दल बनाउनु भएको नेता हो । छलफललाई सही दिसाबाट अगाडि बढाउन सके परिणाम सकारात्मक आउने देखिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..