» » फोरमका अभिषेक विजय

सप्तरी मंसिर २४ गते । सप्तरीबाट संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

राति अबेर घोषणा गरिएको मतपरिणाम अनुसार सप्तरीको निर्वाचन क्षेत्र नम्बर  ४ (२) बाट यादवले नौ हजार छ सय पाँच मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँ फोरमका उपाध्यक्ष एवं पूर्व मन्त्री रेणु यादवका छोरा हुनुहुन्छ ।

निर्वाचन अधिकृत सानुभाई केसीका अनुसार यादवले प्रतिस्पर्धी नेपाली कांग्रेसका विवेकानन्द झालाई दुई हजार दुई सय ६९ मतान्तरले हराउनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी झाले सात हजार तीन सय ३६ मत ल्याउनु भएको हो।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..