» » फोरम नेपालले समानुपातिक सीटको नाम टुगों लगायो

काठमाडौ पुस १३–संघीय समाजवादी फोरम नेपालले प्रदेशसभाका लागि समानुपातिक नामावली टुगों लगाएको छ । १३ जनामा सबैजना महिला नै पर्नुभएको छ ।

तीनकुने स्थित पार्टी कार्यालयमा बसेको पार्टीको पदाधिकारी बैठकले प्रदेशसभाका लागि १३ जनाको नामा समानुपातिकमा टुगों लगाएको छ ।

 पार्टीका स्रोतका अनुसार महोत्तरीबाट किरणकुमारी राय, धनुषाबाट विन्दु कुमारी यादव र चमेली देवी दास, सप्तरीबाट उपमा देव, सर्लाहीबाट सिमा सिंह, पर्साबाट कमरिमा वेगम र भिमा यादव, बाराबाट उषा यादव, सुनसरीबाट राजकुमारी यादव, सर्लाहीबाट पञ्चमाया मुक्तान, मोरगंबाट आरसी तुम्बा र प्रदेश ५ बाट शिला श्रीवास्त, लक्ष्मी चौधरी रहेका छन् । 

यसैबीच समानुपातिको नाम टुगों लगाउन आज राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक बसेको थियो । तर आजको बैठके टुगों लगाउन सकेन ।

बैठक भोली पुनः बस्नेछ र सो बैठकबाट समानुपातिक नामावली टुगों लागउनेछ । राजपा नेपालले १० सीट समानुपातिकमा पाएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..