राजनीतिकमा सबै कुरा जायज हुन्छ भनि सुनेका थिए तर संगठनभन्दा व्यक्तिगत स्वार्थ ठूलो हुन्छ भन्ने कुरा संघीय समाजवादी फोरम नेपालका र राष्ट्रिय जनता पार्टी नेपाल नेताहरुले खुब राम्रोसँग प्रष्ट पार्नुभएको छ । यी दुई दलका अध्यक्षहरु आफू मात्र जित्नका लागि दुई नम्बर प्रदेशमा तालमेल गर्नुभयो तर झापादेखि दुई नम्बर प्रदेश बाहेक कञ्चनपुरसम्म पनि राजपा नेपाल र फोरम नोपलका नेता तथा कार्यकर्ताहरु छन् नि तर त्यतातिर कसैले ध्यान दिएको देखिदैन ।
मधेशवादी दलका शीर्ष नेताहरुले चुनावमा आफूलाई कसरी सुरक्षित गर्नुभएको छ त्यो कुरा दुई नम्बर प्रदेशका लागि मात्र तालमेल गर्नुले पुष्टि गरेको छ । जब एमाले र माओवादी केन्द्रले चुनावका लागि वामगठबन्धन बनाए त्यसको भयले आफूलाई सुरक्षित राख्न राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन्, त्यो पनि प्रदेश दुईमा मात्र ।
प्रदेश दुईमा चुनावी तालमेल गर्नु ती दलका सबै शीर्ष नेताहरुले त्यही प्रदेशबाट चुनाव लडेका एक मात्र कारण हो । संघीय समावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरु राजकिशोर यादव सिरहा–४, राजेन्द्र महतो धनुषा–३, शरतसिह भण्डारी महोत्तरी–१, महन्थ ठाकुर महोत्तरी–२, महेन्द्रराय यादव सर्लाही–२ र अनिल कुमार झा रौतहट–१ बाट उम्मेदवारी दिनुभएको छ ।
यी सबै क्षेत्र प्रदेश दुईमा मात्र पर्छन् । यी शीर्ष नेता जस्तै यस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै क्षेत्रमा तालमेल भएको छ । अन्तुष्टिका कारण कुनै कुनै ठाउँमा वागी उम्मेदेवारहरुले उम्मेदवारी दिएका छन् । तर, सोही पार्टीमा रहेका अन्य नेताहरु प्रदेश एक, पाँच, छ र सात नम्बरबाट पनि उम्मेदवारी दिएका छन् तर उहाँहरुका लागि केन्द्रले कुनै तालमेल गरिदिएको छैन ।
ती प्रदेशहरुमा फोरम र राजपा नेपालले छुट्टा छुट्टै उम्मेदवारी दिएका छन् । यस्तो किन पार्टीभित्रै यो विभेद भएन र भनि पार्टीभित्र प्रश्न खडा भएको छ ।
शीर्ष नेताहरु भएको ठाउँमा तालमेल गर्ने अरु तहका नेताहरु भएको ठाउँमा कुनै तालमेल नगर्ने निर्णयले पार्टीभित्रै विभेद भएको गुनासाहरु आइरहेका छन् । एक, पाँच, छ र सात पनि यी दुई दलबीच तालमेल गरेको भए सीट बढ्न सक्थ्यो तर यसरी तालमेल नगरेको कारण कतै काँग्रेस बलियो छ भने कतै वाम गठबन्धन । त्यसले गर्दा राजपा र फोरमका उम्मेदवारहरु तनावमा देखिएका छन् ।
अरु ठाउँमा तालमेल किन भएन भनि जिज्ञासामा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी भन्नुहुन्छ, अरु प्रदेशहरुमा हाम्रो सांगठनिक आधार नै थिएन त्यही भएर हामी तालमेल गरेनौ । संगठन निर्माणका लागि मात्र हामी यसपटक त्यहाँ चुनावमा भाग लिएका हौं ।’
स्थानीय तहको चुनावमा राजपा नेपालले त्यहाँ भाग नलिएको कारण सांगठनिक धारतल थाह हुन सकेन, फोरम नेपालले भाग लिएको कारण उसलाई त्यहाँका सबै कुरा थाह थियो, महोत्तरी चुनावी प्रचार प्रचारमा रहेका भण्डारीले भन्नुभयो, स्थानीय तहमा चुनावमा भाग लिएको भए कहाँ कस्तो संगठन छ त्यसको बारेमा थाह हुन्थ्यो र त्यही आधारमा तालमेल गर्न सजिलो हुन्थ्यो । त्यहाँ के आधारमा तालमेल गर्ने सुत्र नपाएको कारण नभएको हो ।’ दुई नम्बर प्रदेशको स्थानीय चुनावमा भाग लिएको कारणले यहाँ तालमेल गर्न सजिलो भएको उहाँले बताउनुभयो ।
तर सोही पार्टीका उपाध्यक्ष नरसिंह चौधरी भन्नुहुन्छ,–‘दुई नम्बर प्रदेशभन्दा पाँच र छ नम्बरको संगठन राम्रो छ, दुई नम्बर भन्दा यता मधेशवादी दलको संगठन राम्रो छ भनि कुराको पुष्टि दुई पटक भएको सविधानसभा चुनावले गरिसकेको छ, अरु केही होइन शीर्ष नेताहरु आफू जित्नका लागि तालमेल गरेको हो र यतातिर ध्यान नदिएको पक्कै हो ।’
अध्यक्ष मण्डलमा पश्चिम मधेशका पनि कोही एकजना नेता भएको भए सायद यता पनि तालमेल हुन्थ्यो तर नेता नभएर उहाँहरुले ध्यान नदिनु भएको उहाँले टिप्पणी गर्नुभयो । कपिलवस्तु–३ का प्रतिनिधिसभामा उम्मेदवारी समेत दिनु भएका चौधरीले मधेशी दलका शीर्ष नेताहरुले पश्चिम मधेशलाई पटकपटक वेवास्ता गरेको आरोप लगाउनुभयो । यद्यपी उहाँले भन्नुभयो, तालमेल नभएपनि हामी चुनाव जितेर आउँछौ हेर्नुहोला ।’
स्थानीय तहको चुनावको समयमा राजपा नेपालका शीर्ष नेताहरुको यस्तै क्रियाकलापले गर्दा सो पार्टीका सहअध्यक्ष ह्रदयश त्रिपाठी, महासचिव वृजेश गुप्ता, अर्का नेता इश्वर दयाल मिश्रलगायतका नेताहरु पार्टी छाड्नु भएको हो । स्थानीय चुनाव हुन नदिने भनि राजपा नेपालले आन्दोलन घोषणा गर्यो तर न त्यहाँ कोही आन्दोलन गर्न गए न कुनै योजना बनायो र भित्रभित्रै षड्यन्त्र गरेर दुई नम्बर प्रदेशको स्थानीय चुनाव सार्न लगायो र पश्चिम मधेशको आन्दोलन असफल बनायो भनि त्रिपाठीको आरोप थियो ।
अहिले पनि त्यही भएको छ । टिकट दिएर पठायो तर त्यहाँका नेताहरु कसरी जित्छन्, त्यहाँ कसरी तालमेल हुन्छ, कुनै रणनीति बनाएको छैन, नकुनै नेता एकपटक फर्केर त्यहाँ गएका छन् । नवलपरासी–२ का प्रतिनिधिसभा उम्मेदवार गोविन्द चौधरीले राजपा नेपालका छजना (अध्यक्ष मण्डल) ले आफूलाई सेफ राख्नका लागि त्यहाँ तालमेल गरेको आरोप लगाउनुभयो । दुई नम्बरबाहेक अरु प्रदेशमा पनि तालमेल हुनुपर्छ भनि कुरा राखेको तर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नचाहेर नभएको उहाँको आरोप छ ।
एक नम्बर प्रदेशमा रहेको सुनसरीका नेता संन्तोष मेहताले पनि दुई नम्बर बाहेक अरु ठाउँमा चुनावी तालमेल हुन नसक्नुमा फोरम नेपाल दोषी रहेको आरोप लगाउनुभयो । राजपा नेपालका केन्द्रीय प्रवक्ता समेत रहनु भएका मेहताले भन्नुभयो, दुई नम्बर प्रदेशमा तालमेलका कुरा चलिरहँदा फोरम नेपालले अरु ठाउँमा आफ्नो उम्मेदवार घोषणा गरिसकेको थियो, त्यो बेला हामी कसरी जवर्जस्ती गर्न सक्थ्यौं ।’ तालमेल देशैभरि गर्ने छलफल भएको थियो, त्यो अनुसारको सहमति पनि भएको थियो तर फोरम नेपालले आफूहरुलाई जानकारी नै नदिइकन उम्मेदवारहरु घोषणा गरेको कारण तालमेल नभएको मेहताको दावी छ । तर, फोरम नेपालका मोरगं–५ का प्रतिनिधिसभा उम्मेदवार जयराम यादवले तालमेलका लागि छलफल गर्न बोलाउँदा पनि राजपा नेपालका नेताहरु आइदिएन त्यही भएर तालमेल नभएको दावी गर्नुभयो ।
केन्द्रबाट निर्देशन नभएपनि आफूहरुले स्थानीय स्तरमा तालमेल गर्ने तयारी गर्ने भनि सोच बनाएको त्यसका लागि प्रयास पनि भएको तर राजपा नेपालका नेताहरुले ध्यान नदिएको यादवको गुनासो छ । उहाँले भन्नुभयो, राजपा नेपाललाई हामीले मोरङ्ग–४ मा छाडेका छौ तर उनीहरुले हामीलाई पाँचमा छाडेको छैन ।’ फोरम नेपाल सुनसरीका अध्यक्ष महेन्द्र यादवले पनि तालमेलका लागि केन्द्रले ध्यान नदिएको गुनासो गर्नुभयो । आफू आफू जित्नका लागि उहाँहरुले उतै उतै तालेमेल गर्नुभयो तर यता पहल नगरेको गुनासो उहाँले गर्नुभयो । सुनसरीको तीन ठाउँमा फोरम नेपालले उम्मेदवारी दिएका छन् भने एकठाउँमा राजपा नेपालले उम्मेदवारी दिएको छ ।
सुनसरी–१ मा फोरम नेपालका अशोक राईले उम्मेदवारी दिएको ठाउँमा राजपा नेपालले उम्मेदवारी दिएको छैन ।
त्यो तालमेलले होइन, राजपा नेपाल त्यहाँ उम्मेदवार नपाएर हो । राजपा नेपालले सुनसरी–२ मा मुनी देवी मेहतालाई उम्मेदवार बनाएको छ जहाँ फोरम नेपालले तेजनारायण चौधरीलाई उम्मेदवार बनाएको छ । झापामा राजपा नेपाल र फोरम नेपालबीच स्थानीय स्तरमा तालमेल भएको देखिन्छ । पाँचवटा निर्वाचन क्षेत्रमध्ये एकठाउँमा राजपा नेपाल र दुई ठाउँमा फोरम नेपालले उम्मेदवारी दिएका छन् । यी तीनै ठाउँमा दुई दलको बीचमा तालमेल भएको राजपा नेपालका नेता सूर्यनारायण गणेशले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, केन्द्रबाट हामीलाई तालमेल गर वा नगर भनि केही निर्देशन दिएको छैन हामीले आफै स्थानीय स्तरमा तालमेल गरेका हौं । यदि केन्द्रबाट व्यवस्थित ढंगबाट तालमेल गर्न लगाएको भए अरु ठाउँमा पनि उम्मेदवारी दिन्थ्यौं र एक दुईटा जित्थ्यौं पनि । तर केन्द्रले ध्यान दिएन ।

No comments: