सुनसरी मंसिर २७ गते । सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसका नेता विजयकुमार गच्छदार मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।
एमालेका भगवती चौधरीले लिदै आउनु भएको अग्रता तोड्दै गच्छदारले ३२१ मतको झिनो अन्तरमा विजय हुनुभएको हो ।
गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी हुनुभएको छ उहाँको निकटतम प्रतिस्पर्धी एमालका भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गर्नुभएको छ ।
यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित हुनुभएको थियो ।
यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको चौधरीले आरोप लगाउनु भएको थियो ।
२०४८ देखि गच्छदारले कुनै पनि चुनाव हार्नुभएको छैन ।

No comments: