» » पुनः निर्वाचन गराउन माग गरेको रिटमा कारण देखाउ आदेश

धनुषा, पुस ९ गते । धनुषा ३ को वाम गठबन्धनका माओवादी उम्मेदवार रामसिंह यादवले दायर गर्नुभएको रिटमा सर्वेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

निर्वाचन बदरको माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले शुक्रबार कारण देखाउ आदेश जारी गरेको रामसिंह यादवले जानकारी गराउनुभयो ।

प्रधानन्यायधीश गोपाल पराजुली र न्यायधीसहरु दीपक राज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्र शम्शेर जबरा, दीकककुमार कार्कीको संवैधाकि ईजलाशले कारण देखाउ आदेश जारी गर्नुभएको हो ।

अगामी पुस १४ गते दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ । यादवको रिटमा वरिष्ट आधिवक्ता रमण श्रेष्ठ, हरिप्रसाद उप्रेती,रामनारायण यादव, अमरनाथ सिंह, आधिवक्त सुनिल खरेल, पंकजलाल कर्ण, लगयातले बसह गर्नुभएको हो ।

माओवादी केन्द्र, एमाले र रामसिंह यादव विरुद्ध प्रचारवाजी गराएर राजेन्द्र महतोले चरित्र हत्या गराएको यादवको रिटमा उल्लेख छ । महतोले मौन अवधिमा अनर्गल प्रचारवाजी गराएर अचारसंहिताको उलंघन गरेको आरोप लगाउँदै यादवले पुनः चुनाव गराउन माग गर्दै निर्वाचन आयोगमा पनि निवेदन दर्ता गराउनु भएको छ ।

यादवले जनता टेलिभिजन, मधेशन्युज डटकममा समेत मौनअवधिमा राजेन्द्र महतोको पक्षमा प्रचार गरेको आरोप लगाउँदै कार्वाहीको माग गर्नुभएको छ ।

मौन समय र निर्वाचनको दिन बाम गठबन्धनले राजपा उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको हल्ला चलाएकाले निर्वाचन परिणाम बदर गर्नुपर्ने माग यादवको छ ।

गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनुषा क्षेत्र नं। ३ बाट वाम गठबन्धन घटक नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि चुनाव लड्नु भएका  विनाविभागीय राज्य मन्त्री समेत रहनु भएका यादवले दुई हजार ३४६ मत ल्याउनु भएको थियो ।

चुनाव जित्नुभएका राजपा नेपालका नेता राजेन्द्र महतो ३० हजार ७५० मत ल्याउनु भएको थियो । उहाँका निकतम प्रतिद्धन्दी काँग्रेसका नेता विमलेन्द्र निधिले २७ हजार ८ सय ४७ मत ल्याउनुभएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..