» » राजपाका यादवलाई हराए समिम

सप्तरी मंसिर २४ गते ।  नेपाली कांग्रेसका युवा नेता मोहम्मद समिमले प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । 

सप्तरीको प्रदेश सभा ३ (१) बाट नेपाली कांग्रेसका समिमले सबै पुराना राजनीतिक खेलाडीहरुलाई पराजीत गर्दै प्रदेशसभा सदस्यमा बिजयी हुनुभएको छ । 

राजपाका केन्द्रीय सदस्य दिनेश यादवलाई शनिबार रातिसम्म पछ्याइरहेका समिमले अन्तिममा  आएर बिहान पछाडि पार्नुभयो । समिमले ११ हजार छ सय २८ मत ल्याएर निर्वाचित हुँदा यादव नौ हजार नौ सय ७९ मतमा खुम्चिनु भएको थियो।

समिमको जितसँगै पूर्वगाविस अध्यक्ष एवं जिल्ला विकास समितिका पूर्व सदस्य एमालेका महेशप्रसाद चौधरी, पूर्वगाविस अध्यक्ष स्वतन्त्रका जगन्नाथ मुन्धडा र लामो समयदेखि निरन्तर राजनीतिमा लागेका नयाँ शक्तिका उम्मेदवार रामदत्त साहले पराजय बेहोर्नु पर्‍यो।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..