» » बृजेशकुमार विजय

कपिलवस्तु मंसिर २४ गते । कपिलवस्तुको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का बृजेश कुमार गुप्ता विजयी हुनुभएको छ ।

गुप्ताले कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सुरेन्द्रराज आचार्यलाई ३ हजार ५ सय ८१ मत अन्तरले पराजित गर्नुभएको हो ।

गुप्ताले ३५ हजार १ सय ४७ मत पाउनु भएको हो । उहँँका निकटतम प्रतिद्वन्दी सुरेन्द्रराज आचार्यले ३१ हजार ५ सय ६६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले जानकारी दिनुभयो ।

कुल ७५ हजार ९ सय ८९ खसेको मतमध्ये ७१ हजार ९ सय १४ मत सदर भएको थियो भने  निर्वाचनको संघारमा राजपा नेपाल छाडेर स्वतन्त्र समूह बनाई एमालेको सूर्य चिन्हबाट चुनाव लडेका गुप्ताको विजयीसंगै जिल्लामा बामगठबन्धनले खाता खोलेको छ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..