» » काँग्रेसलाई राजेन्द्र महतोको चेतावनी

धनुषा मंसिर २९ गते । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले नेपाली काङग्रेसले मधेशमा जालझेल, षड्यन्त्र र धम्कीको राजनीति गरिरहेको आरोप लगाउनु भएको छ । 

जनकपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता महतोले जनतालाई झुटो मुद्दा लगाउने लगायतका धम्की नदिन पनि काङ्ग्रेसलाई चेतावनी दिनुभएको छ ।

जनकपुरमा स्थानीय सञ्चारकर्मी माझ उहाँले काङ्ग्रेसले निर्वाचनयता जनकपुरमा जनतालाई झुटा मुद्दा लगाउने लगायतका धम्कीको राजनीतिक गरिरहेको भन्दै तत्काल त्यस्ता गतिविधि छाडेर स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि आग्रह गर्नुभयो ।

नेता महतोले मधेशमा जालझेल र षडयन्त्रको राजनीति गरेकाले काङ्ग्रेसले निर्वाचनमा पराजय व्यहोर्नु परेको दावी पनि गर्नुभयो । उहाँले मधेशका जनताले मधेशविरोधि गतिविधिमा संलग्न रहेकै कारण ३ ठूला दललाई निर्वाचनमार्फत् पराजित गरिदिएको पनि उल्लेख गर्नुभयो ।

झुटको राजनीति टिकाउ नहुने नेता महतोको भनाई छ ।

नेता महतोले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बन्नबाट कसैले पनि रोक्न नसक्ने दावी समेत गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..