» » मातृका यादव विजय

धनुषा मंसिर २७ गते । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषामा मंगलवार प्रत्यक्षतर्फको मतगनणाको कार्य सम्मपन्न भएको छ ।

मंगलवार बाँकी रहेका निर्वाचन क्षेत्रको घोषित मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ धनुषा क्षेत्र नं.१ मा वाम गठबन्धनको तर्फवाट उम्मेदवार रहनु भएका माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव २६ हजार ४१३ मत प्राप्त मरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी मधेश गठवन्धनका उमेदवार संघिय समाजवादी फोरमका दिपक कार्कीले १७ हजार २९६ मत प्राप्त गर्नु भएको छ ।

यादवले कार्की  भन्दा ९ हजार ११८ मत बढी ल्याएर विजयी हुनु भएको हो । मतगनणाको समयमा  यादव र कार्की  विच रोचक प्रतिस्प्रधा भए पनि अन्तिममा गएर यादवले भारी मतको अन्तरले जितन सफल हुनु भयो  । मतगनणा सकिए लगतै विजयी भएको प्रमाण पत्र ग्रहण पश्चात संचारकर्मी सँग कुरा गर्दै माओवादी केन्द्रका नेता एवम पुर्व मन्त्री यादवले मधेशी जनताको पहिचान ,सुशासन र विकासका लागि आफु सदैव लडिरहने  प्रतिक्रिया दिनु भयो ।

 उहाँले अव देशमा स्थिर सरकार बने पछि सबैको अधिकार सुनिश्चित हुनेमा आफु आशावादी रहेको बताउनु भयो । त्यसै गरी धनुषामा प्रदेशसभा तर्फ ८ स्थान मध्ये तिन स्थानमा वामगठबन्धनले  जित हातपारेको छ ।

प्रदेशसभातर्फ धनुषा क्षेत्र नं.१ को (क) वाट वामगठबन्धनका उम्मेदवार एमालेका किशोरी साह कमलले १४ हजार २०९ मत प्राप्त गरी विजयी हुनु भएको छ।उहाँको निकटतम प्रतिद्धन्द्धी मधेश गठवन्धनका उम्मेदवार श्यामनारायण यादवले ८हजार९११ मत प्राप्त गर्नु भयो । त्यसै गरी क्षेत्र नं.१ कै (ख) वाट वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता रामचन्द्र मण्डलले १३ हजार ४६८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धी मधेश गठवन्धनका उम्मेदवार राजपाका रिता यादवले ९ हजार ८६५ मत प्राप्त गर्नु भएको छ ।

प्रदेशस तर्फ धनुषा क्षेत्र नं. ४ को (ख) वाट वामगठबन्धनका उम्मेदवार एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री शत्रुधन महतोले १२ हजार ८०० मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार वाशुलाल महतोले ११ हजार ५४५ मत प्राप्त गर्नु भयो । एमालेका महतोले काँग्रेसका महतो भन्दा १हजार २६५ मतको अन्तरले विजयी हुनु भएको हो ।

 जित पछि संचारकर्मी सँग प्रतिक्रिया दिदै एमाले नेता महतोले अव बन्ने सरकारले स्थायित्व पाउने र वामगठवन्धनकै सरकारले मधेशका समस्या समेत समाधान गर्ने बताउनु भयो । दिगो विकासका लागि स्थिर सरकार आवश्यक भएको भन्दै उहाँले मधेशी जनताकै भावना अनुसार आफुहरु अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसै गरी प्रदेश सभातर्फ धनुषा क्षेत्र न.ं ४को (क) वाट मधेश गठवन्धनका उम्मेदवार संघिय समाजवादी फोरमका ज्ञानेन्द्र कुमार यादवले १४ हजार ६०६ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्रमोहन यादवले ७ हजार ८७३ मत प्राप्त गर्नु भएको छ । प्रत्यक्ष तर्फको मतगनणा सकिए लगतै आजै वाट समानुपातिक तर्फको मतगनणा कार्य शुरु भएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिनु भयो ।
 


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..