» » जेष्ठ नागरिकलाई विधादयकको सम्मान


सिरहा, पुस ९ गते । संघिय समाजवादी फोरमका केन्द्रिय कोषाध्यक्ष एंव सिरहा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित विधायक विजय कुमार यादवले जेष्ठ नागरिकहरुको संस्थालाई नगद सहित कपडा वितरण गर्नुभएको छ ।

प्रदेश नम्बर २ को भावी मुख्यमन्त्रीको रुपमा चर्चामा रहनु भएका यादवले ११ हजार १५१ नगद, ५० थान धोती, १९ थान गम्छा र ९ थान चादर वितरण गर्नुभएको बताइएको छ ।

जेष्ठ नागरिक सरोकार समाज औरहीका अध्यक्ष धनविर नारायण यादवले नगद सहित उक्त सामग्री बुझ्नु भएको छ ।  साँसद यादवका बुवा फूलेश्वर यादव, काका रामेश्वर यादवले सो सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

आफूहरुले पाएको नगद र कपडा क्षेत्र भरीका जेष्ठ नागरिकलाई वितरण गर्ने संस्थाका उपाध्यक्ष सत्यनारायण यादवले बताउनुभयो ।



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..