» » अमरेश सिंहले यसरी गर्नुभएको थियो धाँधली

सर्लाही मंसिर २५ गते । सर्लाही ४ नम्बर क्षेत्रमा मतगणना स्थगित भएको छ । नेपाली काँग्रेसका उम्मेदवार डा.अमरेशकुमार सिंहले धाँधली गरेको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले मतगणना स्थगित गराएको छ ।


बलरा र जब्दी बुथको बाकसमा शीलबन्दी कम पाइएको छ । सातवटा शिलबन्दी हुनुपर्ने ठाउँमा पाँचवटा मात्र शिलबन्दी रहेको राजपा नेपालका नेता मनिष मिश्रले जानकारी गराउनुभयो ।

सो बुथमा ९६ प्रतिशत मत खसेको छ जो सम्भव नै छैन । देशभरिमा यस्तो कही भएको छैन । त्यहाँका मतदान अधिकृत रामविनोद सिंह हुनुहुन्छ । उहाँ अमरेश सिंहका आफ्नै काकाका छोरा रहेको मिश्रले बताउनुभयो ।

यी सबै कुरा हेर्दा अमरेश सिंहले धाँधली गरेको पुष्टि हुन्छ भन्दै राजपा नेपालका नेताहरुले सो बुथमा पुनः मतदानको माग गरेको छ ।

अमरेशले १५९३३ मत प्राप्त गर्नुभएको छ भने राकेश मिश्रले १६३१८ मत प्राप्त गर्नुभएको छ । २० हजार मत गन्न बाँकी रहेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..