» » उपेन्द्र यादवले भन्नुभयो, आठ जिल्ला होइन, २२ जिल्लालाई नै मधेश प्रदेश बनाउँछौं

राजविराज १५, मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्वर–२ लाई मधेश प्रदेश बनाउँदै खोसिएको भू–भागलाई हासिल गर्न संघर्षका साथ अगाडि बढ्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजस्थित हटियामा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले २२ जिल्लालाई मधेश प्रदेश बनाउने आफूहरुको अडान कायमै रहेको बताए । आठ वटा जिल्ला मात्र मधेश नभई २२ वटै जिल्ला मधेशको भूभाग भएको बताउँदै उनले भने ‘प्रदेश नम्वर–२ लाई मधेश प्रदेशको बनाउँदै खोसिएको भू–भागलाई हासिल गर्न ंसंघर्ष अगाडि बढाउँछौं ।’

दक्षिण अफ्रिकामा गोराहरुले कालाहरुमाथि गरेको चरम विभेद जस्तै मधेशी जनतामाथि खस शासकवर्गले मधेशी जनतामाथि विभेदकारी व्यवहार गरिरहेको उनले बताए ।

गोर्खाली शासकवर्गले मधेशी जनतालाई दास बनाएर राख्दै आएको प्रष्ट पार्दै मधेशी जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अधिकार प्राप्तिको संघर्षलाई जारी राख्ने उनले बताए । सप्तरी क्षेत्र नम्वर २ प्रतिनीधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले मधेशी जनतालाई अधिकारबाट बञ्चित राख्ने नियतले नै अन्तरिम संविधानमा प्राप्त अधिकारलाई कटौती गरेको बताउँदै उनले भने ‘हरेक तहमा बराबरीको अधिकारकालागि हाम्रो संघर्ष जारी छ, जबसम्म मधेशी जनताको अधिकार सुनिश्चित हुँदैन, तबसम्म आन्दोलन रोकिनेवाला छैन ।’

खस शासकवर्गलाई महाभारतको कौरवको संज्ञा दिंदै उनले मधेशी जनता वर्तमान अवस्थामा पाण्डवको भूमिकामा रहेको भन्दै अन्ततः जीत सुनिश्चित रहेको बताए । मधेशी जनताको चाहना अनुसार नै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच तालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशी जनताले फोरम नेपाल र राजपालाई मतदान गरेर आफ्नो ताकत देखाउन आम जनतालाई आग्रह गरेका छन् ।  विभेद अन्त्यका लागि फोरम नेपाल र राजपाको गठबन्धन मजबूत भए मात्र अधिकार प्राप्त हुने भन्दै मधेशको पक्षमा चट्टान भएर उभिन यादव आह्वान गरे । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..