» » मौन अवधि शु रु हुन केही घणटा बाँकी रहेको अवस्थामा आयो यस्तो अपिल

महोत्तरी मंसिर १८ गते । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले काँग्रेस, एमाले र माओवादीको भ्रममा नपर्न अपिल गर्नु भएको छ ।

मौन अवधि शुरू हुने केही घण्टा अघि पत्रकारसँग कुरा गर्दै उहाँले मौन अवधिको समयमा ती ठूला दलले विभिन्न लोभलालच दिनसक्ने आशंका व्यक्त गर्नुभयो ।

यो दुई दिन निकै सतर्क भएर बस्नु पर्ने उल्लेख गर्दै उहाँले पराजित भइसकेका काँग्रेसले बढी चलखेल गर्ने अवस्था रहेको बताउनु भयो ।

एकातिर बामगठबन्धन र अर्कोतिर मधेसी गठबन्धनको लहरमा काँग्रेस कुहिरोको काग बनेको उहाँले टिप्पणी गर्नुभयो । मुद्दाबाट जित्न नसकेको मतदातालाई मुद्राबाट जित्ने प्रयास गर्ने उहाँले दावी गर्नुभयो ।

सविधान संशोधन नगरि मधेसी जनतालाई धोकामा राखेका ति दलहरू यो दुई दिन किनबेच गर्न सक्ने भएकाले सतर्क रहन मतदातालाई आग्रह गर्नुभएको छ ।
राजपा नेपालको प्रबक्ता समेत रहनु भएका झाले मधेसीको अधिकारका लागि यो चुनाव भइरहेको र यसमा सबैको सहभागी हुनु पर्ने बताउँदै उहाँले सबिधान संशोधन र पहिचानका लागि मधेसी दलको छाता र मसाल छापमा मतदान गर्न पनि आग्रह गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..