» » राजेन्द्र महतोले भने – “जनकपुरमा मधेश आश्रम स्थापना गर्छु ”

जनकपुरधाम ,१८ मंसिर  । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाली काँग्रेसले मधेशका जनतालाई करदाता र मतदाताको रुपमा मात्र प्रयोग गरेको आरोप लगाएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा केही घण्टा पहिले जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष महतोले नेपाली काँग्रेसले मधेशमा वर्षौ देखि आफ्नो प्रभाव जमाएर राखे पनि यहाँका जनतालाई मतदाता र करदाताको रुपमा मात्र प्रयोग गरेको आरोप लगाएका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवारबाट बहरिया उम्मेदवार भएको आरोप खेप्दै आएका धनुषा क्षेत्र नं। ३ का राजपा उम्मेदवार राजेन्द्र महतोले जनकपुरमा मधेश निवास स्थापना गर्ने घोषणा समेत गरेका छन् । उनले भने – “ मेरो घर पुरै मधेशमा छ, र म नेपाल देशको नागरिक भएकोले यहाँबाट म भाग्न आएको होईन् मधेस विरोधी तत्वहरुलाई भगाउन आएको हु, त्यसैले जनकपुरमा मधेसको स्थापना गर्छु । ”

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको छर्फबाट भएका उम्मेदवार महतोले भने – “यो चुनावले अबको दिनमा निधिको शासनको अन्त्य र विधिको शासन सुरुवात गर्छु ।” आफ्ना प्रतिस्पर्धीले मतदातालाई डर धम्की दिन सुरु गरेको गरेको आफु समक्ष कतिपय कुराहरु आएकोले उनले प्रशासनलाई पनि सचेत गराउदै उनले भने – “यहाँ निश्पक्ष चुनाव गराऊ । अलिकति तलमाथि भयो भने, जनताले छाड्ने छैनन् ।” मतको सुरक्षा गर्न आफू तयार रहेको भन्दै उनले निर्धक्क भएर मतदानमा आउन सम्पुर्ण मतदातालाई आग्रह समेत गरे ।

जनकपुर बम काण्ड जस्ता जघन्य अपराधको सिकार भएको जनकपुर मधेसको राजधानीलाई अपराधिकरणतिर लैजाने खोज्नेको हातबाट मुक्ति दिलाउन समेत राजपालाई मतदान गर्न आवश्यक रहेको बताए । उनले भने, अपराधमुक्त जनकपुर बनाउने अभियान हामीले सुरु गरेका छौं । कुनै पनि हालतमा जनकपुरलाई अपराधमुक्त बनाइन दिनु हुन्न ।” महताले निधिले आफूलाई भोट नदिए जनकपुर राजधानी नबने धम्कीबाट मुक्त भई निर्धक्कसंग मतदान गर्न आग्रह गर्दै भने – “प्रदेश नं। २ मा राजपा फोरमको बहुमत आउछ र जनकपुरलाई प्रदेशको राजधानी बन्नबाट कुनै शक्तिले रोक्न सक्दैन् गरे ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..