» » सुरेश मण्डल भन्नुहुन्छ यसकारण मेरो उम्मेदवारी

सिरहा मंसिर १८ गते । राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री सुरेश मण्डले मधेसी पहिचान र अधिकारका लागि आफ्नो उम्मेदवारी परेको बताउनु भएको छ ।

प्रचार प्रसारको अन्तिम दिन आज घरदैलो र भेटघाटमा व्यस्त रहनु भएका मण्डल यादवले मधेसी जनताले आफ्नो सरकार आफै नबानाए सम्म अधिकार नपाउने बताउनु भएको छ । 

जबसम्म आफ्नो शासन, प्रशासन र सुरक्षा हुँदैन तबसम्म मुक्ति सम्भव हुदैन, उहाँले भन्नुभयो, यत्रो लडाइँ लडे, मधेसी युवाले सहादत दिए त्यसको क्लाइमेक्स बल्ल आएको छ । अब मत दिएर मधेसी जनता आफ्नो उपस्थिति जनाउनेछ ।

मतदातको घरमा जाँदा उनिहरूले एउटै कुरा भन्छन्, यतिको आन्दोलन गर्दा पनि नसुन्ने दललाई कुनै पनि हालतमा मत हालिदैन, मधेसी दललाई जिताएर पठाए पछि कमसे कम आफुहरूको कुरा त उठाउछन्, भन्नु नै मधेसी दलको जित भएको नेता मण्डलले बताउनु भयो । 

मधेसीमा मधेसी दलको सरकार बनेपछि सबै समस्या समाधान हुने बताउदै उहाँले स्थानीय तहले पनि धेरै कुराको समाधान गर्ने बताउनुभयो । 

प्रदेश बलियो भयो भने धेरै कुराको लागि केन्द्रको मुख ताक्नु नपर्ने बताउदै नेता मण्डलले छाता छाप भएको ठाउँमा छाताछाप छाताछाप नभएको ठाउँमा मसाल छापमा मतदान गर्न आग्रह गर्नुभयो ।


वामपन्थी विचारधाराबाट राजनिति शुरू गर्नुभएका मण्डलले विद्यार्थी राजनितीमा निकै संघर्ष गर्नुभएको छ । उहाँ नै एक विद्यार्थी नेता हुनुहुन्छ जो राजनीति र अध्ययनलाई साथसाथै लग्नुभयो । 

र दुवैमा सफलको पथमा हुनुहुन्छ । अग्रेजी विषयमा एमएड गर्नुभएका मण्डल पढाइमा पनि अब्बल हुनुहुन्थ्यो । पढाइ सकाएर उहाँ जागिर खान चाहेको भए राम्रो जागिर पाउनुहुन्थ्यो । उहाँ आफ्नै सहपाठीहरू जस्तै प्रोफेसर हुन्थे या कुनै आइएनजियोमा हुन्थे । अवसर नपाएको पनि होइन तर उहाँ त्यतातिर कहिलै ध्यान दिनुभएन । 

उहाँको एउटै लक्ष्य मधेस मुक्तिका लागि संघर्ष गर्ने रहयो । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट सक्रिय विद्यार्थी राजनीतिमा लाग्नु भएका उहाँ त्यसबेला देखि कहिल्यै फर्केर हेर्नु भएन । 

निरन्तर संघर्षमा नै रहनुभयो । आन्दोलनको क्रममा पटक पटक प्रहरीको हिरासतमा बस्नुभएका मण्डल पहिलो मधेस आन्दोलनको क्रममा फोरम छाडेर तमलोपामा जानुभएको थियो ।

त्यसपछि निरन्तर त्यही विद्यार्थी राजनिति गर्नुभयो । अहिले उहाँ राजपाको सहअध्यक्ष हुनुहुन्छ । पार्टीमा पनि प्रष्ट विचार राख्ने मण्डलले पार्टीको गलत क्रियाकलापको विरोध गर्ने एक्लो नेता हुनुहुन्छ । 
पार्टीमा उहाँले चाकरी प्रथाको विरोध गर्दै समावेश र समानुपातिकको कुरा उठाउनुभएको थियो ।
मधेसी पार्टी अझै समावेशी हुनु पर्ने कुरामा जोडदिनु हुन्छ । युवा तथा बौद्धिक नेताको रुप परिचित बिभिन्न पत्रपत्रिकामा उहाँको लेखहरु छापिएको छ ।
सिरहा ४ को (ख) का उम्मेदवार मण्डल प्रतिस्पर्धामा धेरै अगाडि हुनुहुन्छ । युवामाझ निकै लोकप्रिय उम्मेदवार मण्डललाई अन्य दलको युवाहरूले पनि साथ दिने भनिएको छ ।
किसान खेतखेतमा गएर मत माग्दै गर्नुभएका मण्डलको जनलहर बढ्दै गएको बताइन्छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..