» » स्वच्छ प्रतिस्पर्धाको आवश्यकता (सम्पादकीय)

प्रतिनिधिसभा र प्रदेशसभाका पहिलो चरणको निर्वाचन सम्पन्न भइ सकेको छ । मंसिर १० गते ३२ जिल्लामा निर्वाचन सम्पन्न भइसके सँगै मंसिर २१ गते हुने दोस्रो चरणको चुनावको तयारीमा सरकार जुटिसकेको छ ।

दोस्रोचरणको चुनाव हुन अब ६ दिन मात्र बाँकी छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत मतदान भएको छ । जुन स्थानीय तहको चुनावभन्दा ८ प्रतिशत कम रहेको छ । स्थानीय तहको चुनावमा ७३ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा  मतदान भएको थियो । सुरक्षा तथा मौसमको प्रतिकूलता कारण पनि चुनाव शान्तिपूर्ण र सन्तोषजनक भएको प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति जारी गरि जनाउ दिइसक्नु भएको छ ।

पहिलो चरणको चुनाव हिमाली र उच्च पहाडी क्षेत्रमा भएको कारणले चिसोले पनि मतदातालाई प्रभावित पारेको देखिन्छ । चिसोका कारण चार हजार दुई सय मिटरको उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित याङ्मामा ५७ जना मतदाता रहेका छन् । त्यसमध्ये १६ जनाले मात्र मतदान गरेका छन् ।

शुरुदेखि नै चुनावका बारेमा विभिन्न आशंका र प्रतिकूलता थिए । सरकारले चुनाव गराउने प्रतिबद्धता जनाए पनि प्रतिपक्षी दलहरू त्यसप्रति विश्वस्त हुन सकेका थिएनन् । दलहरूबीच विश्वासको संकटले पनि सर्वसाधारणमा निर्वाचनप्रति दुविधा उत्पन्न भएको थियो । यद्यपी पहिलो चरणको चुनाव सम्पन्न भएपछि अब चुनाव हुनेमा विपक्षिहरुमा पनि आशा पलाएको हुनुपर्छ । रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना आधारभूत मतदान केन्द्र ‘क’ प्रतिनिधिसभा र आठबीसकोट नगरपालिका–११ नेपाल राष्ट्रिय मावी ‘ख’ मतदान केन्द्रमा समानुपातिक तर्फ पुनः मतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिनुभयो ।

यसैबीच मतपत्र जलाउने कार्य गरेको भन्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कल्पना केसी र केशव खड्का रहेको राईले जानकारी गराउनु भएको छ । यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिनेछ । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुनेछ ।

चुनावको पूर्वसन्ध्यामा उम्मेदवार, दलका मुख्य नेता र तिनका आवास, मतदान केन्द्रमाथि लक्षित ‘अज्ञात’ समूहको बम र र धराप विस्फोटजस्ता हिंस्रक र भय उत्पन्न गर्ने गतिविधिले पनि मतदान प्रभावित भएको थियो ।

मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भएपछि सविधान कार्यान्वयनका लागि देश एक कदम अगाडि बढ्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता र समानुपातिक जो जनताको उपलब्धी हो त्यसले संस्थागत प्राप्त गर्नेछ । संविधान र संघीयता कार्यान्वयनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कोसेढुंगा सावित हुनेछ भनि विश्लेषण भइरहेको छ । मंसिर २१ गते निर्वाचन सम्पन्नपछि देशले स्थायीत्व पाउनेछ र विकास र समृद्धिका लागि ढोकाहरु खुल्ने विश्लेषणहरु भइरहेको छ । त्यसका लागि चुनावको सफलता अनिवार्य सर्त हो ।

पहिलो चरणको चुनावमा देखिएको कमीकमजोरीलाई सुधार गर्दै स्वच्छ प्रतिस्पर्धामा निर्वाचन सम्पन्न गराउनु अहिलेको आवश्यकता हो । अहिलेको सबभन्दा ठूलो चुनौति भनेको सुरक्षा नै हो । उम्मेदवारमाथि नै बम प्रहार गर्नुको साथै मतदातालाई आतकिंत बनाएको छ । यस अवस्थामा चुनाव मर्यादित, निष्पक्ष र भयरहित वतावरणमा हुन्छ भने कुरामा आशंका उब्जिएको छ ।

देशका हेवीवेट मानिएका उम्मेदवारको चुनाव हुन बाँकी छ । ४५ जिल्लामा हुन गइरहेको निर्वाचनमा मुख्य दलका शीर्ष नेताहरु प्रतिस्पर्धामा रहनेछ । त्यसमा सिंगै मधेश बाँकी नै छ । त्यहाँ हुने चुनावका लागि पहिलादेखि नै विभिन्न आशंकाहरु गरिएका छन् । त्यो आशंकालाई निवारण गर्ने काम सरकारले गर्नुपर्छ ।

मुख्य शीर्ष नेताहरु चुनावको प्रतिस्पर्धामा भएका हुनाले चुनावमा धाँधली हुनसक्ने कुराको पनि कहि कतै विश्लेषणहरु भइरहेको छ । ठूला शीर्ष नेताहरुले आफ्नो शक्तिको दुरुपयोग गर्न सकिने आशंका पनि गरिएको छ । त्यसैले सरकार समक्ष स्वच्छ प्रतिस्पर्धामा चुनाव गराउनु चुनौति देखिएको छ ।

हुन त पहिलो चरणको चुनाव सम्पन्न भए लगतै प्रधानमन्त्री देउवाले एक विज्ञप्ति जारी गरी मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको भन्दै तीनवटै तहको चुनाव सम्पन्न भइसकेपछि देश राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..