» » विष सेवनबाट एकको मृत्यु

महोत्तरी कात्तिक २४ गते । महोत्तरीे सोनमा गाउँपालिकामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका– ६ का ६० वर्षीय बुधन बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

यसअघि सम्सी स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई अञ्चल अस्पताल जनकपुर लगिएको थियो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..