» » तालमेलको सन्देश (सम्पादकीय)

दुई नम्बर प्रदेशको चुनाव सकि सकेपछि ठूला दलदेखि साना दलहरुको बीचमा ध्रुवीकरण बढेको छ । दलहरुको बीचमा चुनावका लागि तालमेल भइरहेको छ कि एकीकरण पनि भइरहेको छ । नेपालको राजनीतिकमा यो सकारात्मक कुरा हो । जुन तरिकाले दलहरु एकीकरण र तालमेलका लािग अगाडि बढेको छ त्यो यदि सम्भव भयो भने नेपाली राजनीतिकका लागि सुखद हुनेछ ।

केहीसमय मात्र पक्ष तथा विपक्षको भूमिकामा रहेका माओवादी केन्द्र र नेकपा एमाले असोज १६ गते राती नेपालको राजनीतिकमा चमत्कार गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलाबेलामा प्रयोग गर्ने चमत्कार शब्द साँच्चै देखाउनुभयो । एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदै भनि समाचार बाहिर आएपछि राजनीतिकले एकाएक अर्कै मोड लियो । नेपालको राजनीतिकको सन्तुलन नै विग्रिने अवस्थामा पुग्यो यद्यपी यो सुखद पक्ष नै हो ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र केपी शर्मा ओली नेतृत्वको एमालेबीच तालमेल घोषणा भएपछि शेरबहादुर देउवा नेतृत्वको काँग्रेस नेतृत्वमा पनि लोकतान्त्रिक गठबन्धन बनाउने शुरुवात भयो । यद्यपी हालसम्म त्यो सफल भएको छैन । सो गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शम्शेर जवरा नेतृत्वको राष्ट्रिय जनता पार्टी (प्रजातान्त्रिक) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सहभागि हुने सहमति भयो ।

सो गठबन्धन नबन्दै नेपाल लोकतान्त्रिक फोरम नेपालले काँग्रेससँग एकीकरण नै गरेको छ । उता बाम गठबन्धनबाट नयाँ शक्ति नेपाल बाहिरिएको छ । गोरखामा उम्मेदवारी दिने विषयमा कुरा नमिलेपछि डा.बाबुराम भट्टराई गठबन्धन छाडेर हिड्नुभयो र केही दिनमै काँग्रेससँग त्यहाँका लागि तालमेल गर्नुभयो । डा.भट्टराई लोकतान्त्रिक गठबन्धन छाडेर हिडेपछि गणेश साह नेतृत्वको नेकपा संयुक्त सहभागि भएको छ ।

वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको लहर चलैसँगै मधेशवादी दलले पनि तालमेलका लागि सहयोग गर्यो । असोज २० गते राजपा नेपाल र फोरम नेपालबीच तालमेल हुने भनि सहमति गरि विज्ञप्ति जारी गर्यो । अघिल्लो दुई गठबन्धन जस्तै यो मधेशी दलले पनि निकै चर्चा पायो । वामगठबन्धन, लोकतान्त्रिक गठबन्धन र मधेशवादी गठबन्धन गरी तीन गठबन्धनको चर्चा चल्न चाल्यो । यद्यपी यी गठबन्धनमध्ये वामगठबन्धन नै अहिले सफल देखिएको छ । गठबन्धनका लागि उनीहरुले प्रकृया नै शुरु गरिसकेका छन् । गठबन्धन मात्र होइन, पार्टी एकीकरण गर्ने भनि सहमति पनि गरेको छ ।

त्यसबाहेकका यी दुई गठबन्धन बन्ने हो कि नबन्ने त्यसको कुनै टुगों लागेको छैन । लोकतान्त्रिक गठबन्धनमा मधेशवादी दलले सीट तालमेलका लागि माग प्रस्ताव गरिसकेका छन्, त्यो मागप्रति काँग्रेस सकारात्मक देखिएको छैन । मधेशवादी दलले प्रतिनिधिसभाका लागि ५५ सीट माग गरेको छ । जुन अनुपयुक्त हो, काँग्रेसका नेताहरु बताउँछन् । ५५ वटा सीट मधेशवादी दललाई बाँडेपछि अरु दललाई के दिने भनि अलमलमा परेको छ । यो समस्या लोकतान्त्रिक गठबन्धनमा मात्र होइन, मधेशी गठबन्धनमा देखिएको छ । राजपा नेपाल र फोरम नेपालबीच तालमेलको कुरा चलेको छ । त्यसको ठोस परिणाम निकाल्नका लागि तीन तीनजनाको कार्यदल बनेको छ । सो कार्यदलले चार पाँच दिनसम्म लगातार बैठक बस्यो तर कुनै निष्कर्ष निस्कन सकेन ।

यद्यपी चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति बनिसकेको छ । तर त्यहाँ पनि सीटमा कुरा नमिलेपछि कुरा अड्केको हो । जेजस्तो कुरा भएपनि तालमेल र गठबन्धनको प्रकृया सकारात्मक रुपमा अगाडि बढेको छ । मधेशी दलबीच गठबन्धन वा तालमेल भयो भने दुई नम्बर प्रदेशमा अधिकाँश सीट जित्ने निश्चित छ । काँग्रेस, माओवादी केन्द्र र एमालेको सोचेको भन्दा कम सीट आउँछ । राजपा नपाल र फोरम नेपालबीचको तालमेल कायम रह्यो भने दुई नम्बर प्रदेशमा मधेशवादी दलले सरकार बनाउँन सक्छ भने केन्द्रमा पनि सत्ताको साँचो मधेशवादी दलकै हातमा रहनेछ ।

मधेशवादी दलहरु चुनावमा तालमेल गर्न थालेको थाह पाएर मधेशीमा यसको व्यापक चर्चा रहेको छ । यसलाई मधेशी जनताले स्वागत गरेको छ । स्थानीय तहको चुनावमा मधेशवादी दल तालमेल गरेर चुनावमा भाग नलिँदा यति थोरै मत आएको छ तर दुईटै दलको मत जोड्दा ५१ सीट हुन्छ जो काँग्रेसभन्दा ठूलो हुन जान्छ । यदि तालमेल गरेको भए ६० भन्दा बढी सीट आउने पक्का थियो । त्यही अनुमातमा हिसाब गर्ने हो भने राजपा नेपाल र फोरम नेपाल तालमेल गरेर चुनाव लड्यो भने अरु प्रदेशमा जेजस्तो भएपनि मधेश प्रदेश (दुई नम्बर) मा बहुमतमा रहने निश्चित छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..