» » आफूलाई टुरिस्ट भनेकोमा राजेन्द्र महतोको दुखेसो

धनुषा मंसिर १३ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष एवं धनुष क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र महतोले सीमांकनको लागि आन्दोलन जारी रहने बताउनुभएको छ ।

आठ वटा जिल्लामा खुम्चाईएको मधेश—प्रदेशको विस्तारका लागि राजनीतिक शक्ति आवश्यक रहेको नेता महतोको भनाई  छ  ।

कांग्रेसको दोहरो चरित्रको विरूद्ध मतदान गर्नुपर्ने भन्दै उहाँले आफूलाई टुरिष्ट उम्मेद्धार भनेकोमा दुखेसो पोख्नुभयो ।

 ‘जनकपुरमा मलाई बाहरिको मान्छे भन्ने कांग्रेसीहरू आरजू देउवालाई कंचनपुरमा धर्तीपुत्री बताउने गर्छन्, महतोले प्रश्न गर्नुभयो —उहाँ टुरिष्ट नहुने म कसरी टुरिष्ट ?
जनकपुरमा लोकतान्त्रिक बुद्धिजीवी संघले आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता महतोले कांग्रेसकै कारण संविधान संशोधन विफल भएको आरोप लगाउनुभयो ।

‘अहिले नेपाली कांग्रेसका उम्मेद्वारले संविधान संशोधनको लागि भोट मांग्दै छन्, महतोले भन्नुभयो—जबकि कांग्रेसकै कारणले नै संविधान संशोधन विफल भएको हो, कांग्रेस भित्रका ठूला मधेशी नेताहरूले षडयन्त्रपूर्वक संशोधन विफल बनाएका हुन् ।’

नेता महतोले मधेश बिरोधी कसैसंग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो तपाईहरु ढुक्क भएर बस्नुस राजपा नेपाल निर्वाचन पछि पनि मधेश बिरोधी कुनै तत्वसंग गठबन्धन गर्दैन ।

जनकपुर प्रदेश नम्बर २को राजधानी नबनाउने खेल भई रहेको विषयमा चर्चा गर्दै महतोले मधेश सरकारले प्रदेश नम्बर २को राजधानी जनकपुरलाई नै बनाई छोड्ने अठोट व्यक्त गर्नुभयो ।

प्रदेश नम्बर २मा मधेशवादी दलहरुकै गठबन्धनले सरकार बनाउने निश्चित रहेकोले प्रदेश नम्बर २को राजधानी जनकपुर नै बन्ने विषयमा ढुक्क हुन सबैसंग अपिल गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..