» » विमलेन्द्र निधिले भन्नुभयो, राजेन्द्र महतोजीले नै इमान्दारीका साथ भन्दिनु पर्यो कि निधिले मधेशका लागि के के गरेका छन्

काठमाडौं धनुषा १३ गते । कांँग्रेसका नेता विमलेन्द्र निधिले यसअघि निर्वाचन जितेका सञ्जय साहको समर्थन आफूलाई भएको दाबी गर्नुभएको छ ।

‘दुई चोटी जनकपुरबाट चुनाव जितेको सञ्जयको प्रभाव जनस्तरमा राम्रो रहेको बताउँदै उहाँले संजय साहले नेपाली काँग्रेसलाई समर्थन गर्नुभएको बताउनुभयो ।

पहिलो सविधान सभा निर्वाचनमा फोरमबाट र दोस्रोमा सदभावनाबाट जनकपुरबाट संजय साहले चुनाव चित्नुभएको थियो ।

निधिले भन्नुभयो, धनुषा ३ बाट नेपाली काँग्रेस जित्ने छ त्यसमा कुनै दुईमत छैन, दुईचार दिन कसैले भ्रम बसिरहोस् त्यसमा मलाई केही भन्नुछैन ।

लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि  नेपाली काँग्रेसले गरेको योगदान मधेशी जनताले नबिर्सेको बताउँदै उहाँले  राजपा नेपालले आफूविरुद्ध उम्मेदवारी दिनुको कुनै तुक नरहेको टिप्पणी गर्नुभयो । ‘मेरै कारण मधेसवादी दलहरुको आन्दोलनका सबै कुरा सरकारी तहमा स्थापित भएको छन्। तर दुर्भाग्य भनौं, मेरैविरुद्धमा राजपाका एकजना अध्यक्ष चुनावी मैदानमा छन्, निधिले भन्नुभयो, मैले मधेशको अधिकारका लागि कति गरेको छु राजेन्द्रजीले नै इमान्दारीका साथ मधेशी जनतालाई भनि दिनुपर्छ ।

काँग्रेस र मधेसी गठवन्धनबीच चुनावी तालमेलका अथक प्रयास मेरै नेतृवमा भएपनि त्यो साकार हुन नसकेको समेत निधिले बताउनुभयो ।

कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रिक गठवन्धन प्रतिको धर्म निर्वाह गरेको बताउँदै उहाँले वाम गठवन्धनका कारण मधेसमा स्थानीय तहको नतिजा भन्दा भिन्न परिणाम आउन सक्ने आंकलन भइरहँदा निधिले २ नम्बर प्रदेशको दुवै तहमा कांग्रेसले स्पष्ठ बहुमत ल्याउने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सविधान संशोधनदेखि आन्दोलनका सबै मुद्दाको समाधानमा कांग्रेसले नेतृत्व गरेको छ। त्यसैले मधेस कांग्रेसमय छ।

चुनाव प्रचारका क्रममा विरामी भएपछि काठमाडौं आइ अस्पताल भर्ना भएका निधि सोमवार डिस्चार्ज भएका हुन्। धनुषा जानुअघि हिजो काठमाडौंमा पत्रकारसँग कुराकानी गर्दै निधिले प्रदेशिक संरचनाका लागि पहिलो पटक निर्वाचन भइरहेकाले यसको राजनीतिक महत्व वढी भएको दावी गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..