» » उपेन्द्र यादवले भन्नुभयो, गोली बर्साउनेलाई पहिचान गरि मधेश गठबन्धनमा मत खसाल्नु होला

सप्तरी कार्तिक ५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि संसदमा मधेश बलियो शक्ति बन्ने दाबी गर्नुभएको छ ।

संविधान संशोधन र मधेश प्रदेशको गठन मुख्य कार्यभार रहेकोले मधेशका जनता मधेश गठबन्धनको पक्षमा रहेको यादवको दाबी छ ।

निर्वाचन क्षेत्र नं. २ अन्तर्गत तिलाठी कोइलाड़ी गाऊँपालिका वड़ा नं. २, लौनिया गाऊँमा फोरम नेपाल, राजपा र नेपाली कांग्रेसद्वारा मंगलबार संयुक्त रुपमा आयोजित चुनावी सभामा बहुमत निश्चित रहेको बताउनुभयो ।

ुहामी भारी बहुमत ल्याउदै छौ । त्यही बहुमतको बलमा संविधान संशोधन र मधेस प्रदेश गठन गर्छौ, यादवले भन्नुभयो । अधिकार प्राप्ति र माग सम्बोधनका लागि आफूहरुलाई बहुमत आवश्यक रहेको उहाँले बताउनुभयो ।

गणतन्त्र, संघीयता र समावेशी जस्ता मुद्दालाई तुहाउन वाम गठबन्धन लगायतका शक्तिहरु सक्रिय रहेको यादवले आशंका जाहेर गरेका छन् । शहीदको बलिदानीले प्राप्त उपलब्धिको रक्षा गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको भन्दै उहाँले परिवर्तन पक्षधर शक्तिलाई विजयी गराउन यादवले अपील गर्नुभयो ।

पहिलेदेखि नै लोकतन्त्र विरोधी रहेको एमालेसँग मिलेर माओवादी पनि लोकतन्त्र विरोधी बनेको यादवले आरोप लगाउनुभयो ।

संशोधन विफल पार्ने एमाले मधेशको लागि घातक रहेको आरोप लगाउँदै यादवले भन्नुभयो, आन्दोलनमा गोलि बर्साउने दल र तिनका उम्मेदवारलाई चिन्नुहोला । तर भोट आन्दोलनकारी मधेश गठबन्धनलाई हाल्नुस ।

सप्तरी निर्वाचन क्षेत्र नं. २ मा फोरम नेपालका राष्ट्रिय अध्यक्ष यादवलाई राजपा र नेपाली कांग्रेसको समर्थन रहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..