» » देवेन्द्र यादव भन्नुहुन्छ, मेरो राजनीतिक हत्या भयो त्यसकारणले बने बागी

काठमाडौ कात्तिक २५–टिकट नपाएर असन्तुष्ट भएर बागी बनेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) थुप्रै नेताहरुले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

सप्तरी–२ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा उम्मेदवारी दिएका राजपा नेपालका नेता जेपी ठाकुरले हालसम्म फिर्ता लिएको छैन भने महोत्तरी–४ मा फोरम नेपालका डा.सुरेन्द्र यादव विरुद्ध राजपा नेपालका अर्का नेता देवेन्द्र यादवले दिएका उम्मेदवारी पनि फिर्ता लिनुभएको छैन ।

महोत्तरी–४ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र यादवले भने,–‘राजपा नेपालका नेताहरुले राजनीतिक रुपमा मलाई हत्या गर्नुभयो अनि बाध्य भएर मैले उम्मेदवारी दिएको हुँ ।’ राजपा नेपालबाट बागी बनेकाहरुलाई आआफ्नो उम्मेदवारी फिर्ता लिनका लागि पार्टीका संयोजक महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर निर्देशन दिनु भएको थियो ।

तर, त्यसको उनीहरुमाथि कुनै असर परेको छैन । देवेन्द्र यादव शंख चुनाव चिन्ह लिएर जनतामाझ जानु भएको हो ।  

राजपा नेपालका सहमहामन्त्री समेत रहनु भएका देवेन्द्र यादवले पार्टीले विज्ञप्ति जारी गरेर उम्मेदवारी फिर्ता लिन दिनु भएको निर्देशनको बारेमा आफूलाई केही थाह छैन, र आफूले उम्मेदवारी दिएपछि हालसम्म कसैले सोधखोज पनि नगरेको कारण चुनावी अभियानमा लागेको बताउनु भयो ।

महोत्तरी–४ का लागि राजपा नेपालबाट अधिकारिक रुपमा आफूले टिकट पाउनु पर्ने हो तर पार्टीका अध्यक्ष मण्डलका सदस्यद्धय महेन्द्र राय यादव र शरतसिंह भण्डारीले षड्यन्त्र गरि टिकट नदिएको उहाँको आरोप छ ।

स्थानीय तहमा जहाँ जुन दल (फोरम र राजपा) ले जति सीट जितेका छन्, त्यहाँ सो दलले टिकट पाउने पार्टीभित्र माफदण्ड बनाएको थियो । महोत्तरीमा फोरम नेपालले स्थानीय तहमा एउटा सीट मात्र जितेका छन् तर चार निर्वाचन क्षेत्रमध्ये दुईटा सोही दलले लिएका छन् ।

देवेन्द्र यादवले भन्नुभयो, फोरम नेपालले महोत्तरी–४ मा डा.सुरेन्द्र यादवलाई जवर्जस्ती टिकट दिएको छ । डा.सुरेन्द्र यादव केही दिन पहिले मात्र नयाँ शक्तिबाट फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । केही दिन अघिसम्म कसलाई टिकट दिने पनि मान्छे थिएन फोरम नेपालसँग तर जब मैले टिकट पाउँछु भनि निश्चित हुन थालेपछि उपेन्द्र यादवले जवर्जस्ती डा. यादव पार्टीमा प्रवेश गराएर त्यही टिकट र सदस्यता दुवै दिनु्भयो ।

उहाँ राजेन्द्र महतो अध्यक्ष रहि सकेको सद्भावना पार्टीका पनि सहमहामन्त्री हुनुहुन्थ्यो । देवेन्द्र यादवका लागि अध्यक्ष महतोले पनि टिकटका लागि पहल नगरेको उहाँको गुनासो छ । यसअघि पनि दुईवटै सविधानसभा चुनावमा उहाँ सद्भावना पार्टीबाट त्यहाँ उम्मेदवार बन्नुभएको थियो । पहिलो सविधानसभा चुनावमा शरतसिंह भण्डारी र अर्को चुनावमा काँग्रेसका महेन्द्रराय यादवबाट उहाँ पराजित हुनुभएको थियो ।  

उहाँ भन्नुभयो–मैले दुख गरेर क्षेत्र बनाए । कठिन अवस्थामा मैले चुनाव लडे र अहिले गठबन्धन बनेपछि अवस्था राम्रो भएपछि अरुलाई टिकट दियो यो जतिको राजनीतिक बेइमानी र राजनीतिक हत्या के हुन्छ ? महतोजी मेरो लागि बोलेको भए यो अवस्था आउने थिएन ।’

जनताले आफूलाई चुनाव लड्न सुझाव दिएको र आफू जित्ने उहाँको दावी छ ।

सरोजले यसरी मारे बाजी ?

सर्लाही–४ को (ख) मा प्रदेशसभाका लागि फोरम नेपालकै सरोज कुशवाहा उम्मेदवार बनेका छन् । यसअघि सोही पार्टीका गगन यादवले टिकट पाउने भनि जिल्लाले सिफारिश गरेको थियो । तर, राजपा नेपालका सहमहामन्त्री समेत रहेका सरोज कुशवाहाले टिकट प्राप्त गर्न सफल हुनुभयो ।

राजपा नेपालबाट सरोज यादवले टिकट पाउने अवस्था थिएन । अनि उहाँले त्यो पार्टी छाडेर फोरम नेपालमा गएर टिकट लिइ प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ जब कि नमोनेशन गराउने बेलासम्म गगन यादवले नै टिकट पाउने भनि पार्टीका जिल्ला अध्यक्ष शेषनारायण यादवले भन्दै आइरहेका थिए ।

फोरम नेपालका बागी उम्मेदवार गगन यादव भन्नुहुन्छ, कात्तिक १६ गते विहान नौ बजे पार्टी कार्यालयमा टिकट ल्याउनका लागि गए । केन्द्रबाट सो क्षेत्रका लागि सदा टिकट पठाएको रहेछ ।  शेषनारायणजीले तपाईले नै टिकट पाउनुहुन्छ मलाई पटक पटक भन्नुहुन्थ्यो तर त्यहाँ अन्य दलका नेताहरुसँग पनि कुराकानी गरिरहनु भएको पनि मैले पाए । किशोर प्रितम जो स्थानीय तहको चुनावमा हार्नुभएको थियो, उहाँसँग पनि टिकटको लागि कुरा गरिरहेको सुने, त्यसको बारेमा प्रतिवाद गर्दा किशोरलाई दिएन, टिकट तपाई नै पाउनुहुन्छ ढुक्क हुनुस् चिन्ता नलिनुस् भनि बारम्बार मलाई भन्नुभयो, तर पछि सरोज कुशवाहासँग पनि कार्यालयभित्र कुरा गरेको मैले पाए जो राजपा नेपालका सहमहामन्त्री हुनुहुन्थ्यो । मलाई शंका लागेपछि मैले फेरि शेषनारायणसँग कुरा राखे । उहाँले भन्नुभयो तपाई चिन्ता नलिनु न टिकट तपाई नै पाउनु हुन्छ, उम्मदवारी दर्ता गराउने ठाउँमा तपाईको हातमा टिकट जान्छ, तपाई त्यसको तयारीमा लाग्नुस् ।’

टिकट पाउँछु भनि ढुक्क भएर म उम्मेदवारी दिने तयारीमा लागे । पुरै तामझाम र कार्यकर्ताका साथ शुभशुभ जिल्ला निर्वाचन कार्यालय जलेश्वर ४ः३० बजे पुगे, त्यहाँ त सरोज कुशवाहाले फोरम नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराई सक्नुभएको रहेछ, गगन यादवले भन्नुभयो, म त छाँगाबाट खसे झै भयो, अब के गरौ के गरौ जस्तै भयो । यत्रो मेहनत गरेको खेर जाने भयो । पार्टीका नेताहरुलाई सम्पर्क गर्छु कोही पनि सम्पर्कमा आउनुभएनन् अनि बाध्य भएर मैले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । सरोज कुशवाहाको दर्ता नम्बर १६ रहेको छ भने मेरो १८ ।’

राजपा नेपालको केन्द्रीय सहमहामन्त्री जसलाई पार्टीले नपत्याएर टिकट दिएन तर फोरम नेपालले त्यसैलाई टिकट दियो, यसबाट प्रष्ट हुन्छ कि त्यहाँ केही रकम लेनदेनको खेल भएको छ । आफू वर्षौदेखि पार्टी र क्षेत्रमा लगानी गरेपनि टिकट दिएनन् राजनितिक रुपमा हत्या नै गर्यो त्यही भएर स्वतन्त्र उम्मेदवार दिको उहाँले बताउनुभयो ।




About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..