» » उमेश यादवले भन्नुभयो, माओवादी बाहेक अरु कसैले सविधान संशोधन गराउन सक्दैन

सप्तरी कात्तिक २३ गते । नेकपा माओवादी केन्द्रका नेता उमेश यादवले दल पहिचान गरि मत हाल्न मतदातालाई आग्रह गर्नुभएको छ ।

मधेश आन्दोलनदेखि लिएर सविधानस संशोधनसम्म मधेशी जनतालाई कसले धोका दिए र कसले सदैव साथ दिए त्यसको पहिचान गरि मतदान गर्न उहाँले आग्रह गर्दै भन्नुभयो, मधेशवादी दलकै नेताहरुले कतिपय पटक मधेशी जनतालाई धोका दिनुभएको छ तर माओवादीले कहाँ कसरी धोका दिएको छ देखाउनु पर्यो ।’

माओवादी केन्द्र जहिले पनि मधेशीको पक्षमा लड्दै आएको हो, मधेशको मुक्तिको लडाई माओवादीले नै शुरु गरेको उल्लेख गर्दै उहाँले सविधान निर्माणदेखि लिएर सविधान संशोधनसम्म माओवादी केन्द्रले मधेशीको पक्षमा लडाई गरेको दावी गर्नुभयो ।

विहिवार घरदैलो कार्यक्रममा मतदातासँग कुरा गर्र्दै उहाँले मधेशी जनतासँग मधेशवादी दल र काँग्रेसले पटक पटक धोका गरेको दावी गर्नुभयो ।

सविधान निर्माणको सट्टा सत्तामा मधेशवादी दलले रमाएको धेरै भएको छैन, पहिलो सविधानसभामा मधेशवादी दलले गरेको नौटकी मधेशी जनताको मानसपटलबाट गएको छैन, उहाँले भन्नुभयो, दोस्रो सविधानसभापछि उहाँहरु सरकारमा नगएपनि सत्ताको भागेदारी जहिले पनि बन्नुभयो ।’

काँग्रेस नेतृत्वको सरकार मधेशवादी दलले नै बनाएको हो तर किन संशोधन गर्न नसकेको प्रश्न गर्दै उहाँले माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारको पालामा प्रस्ताव संसदमा लगेकै हो, तर त्यसलाई मधेशवादी दल र काँग्रेसले मिलेर अस्वीकृत गराएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, एमालेले मात्र नचाहेर सविधान संशोधन नभएको हो र यो कुरा तपाईहरु कतिको पत्याउनु हुन्छ, यदि काँग्रेस इमान्दारी पूर्वक लागेको भए सविधान संशोधन हुन्छ तर मधेशवादी दल पनि काँग्रेसकै लहैलहैमा लागेर परिणाम स्वीकार गर्न तयार भयो र आज सविधान संशोधनको यो अवस्था भएको छ ।’

उहाँले आउने दिनमा पनि सविधान संशोधन माओवादी केन्द्रबाहेक अरु कसैले गराउन सक्दैन, मधेशवादी दलले त्यति ताकत नै ल्याउन सक्दैन त्यसबाट सविधान संशोधन हुनैसक्दैन भनि दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, मधेशी जनताले जानि सकेका छन् कि अब सविधान संशोधन माओवादी वाहेक अरु कसैले गराउन सक्दैन, वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउँदैछ त्यसले मात्र सविधान संशोधन गराउँछन् त्यसले वाम गठबन्धनलाई अत्याधिक मत दिएर जिताउानुस् ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..