सर्लाही कात्तिक २३ गते । राष्ट्रिय मधेश समाजवादी फोरम नेपालका अध्यक्ष महेन्द्र राय यादवले नेपाली काँग्रेस मधेश विरोधी पार्टी भएका हुनाले मधेशी जनताले सो दललाई बहिष्कार गर्ने बताउनुभएको छ ।
घरदैलो कार्यक्रममा मतदातालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, प्रमुख तीन दल नै मधेशको दुश्मन हो तर काँग्रेसले मधेशी जनतालाई पटक पटक धोका दिएर राखेको कारणले यसपटक त्यसको जवाफ तपाईहरुले आफ्नो मतबाट दिनुपर्छ ।’
यसपाली मधेशमा काँग्रेस पार्टीको पत्तासाफ हुने दावी गर्दै उहाँले नेपाली काँग्रेस मधेशी जनतालाई नजानिदो तरिकाले शोषण गरिरहेको आरोप लगाउनुभयो ।
सविधान संशोधनमा एमाले त स्पष्ट भनिरहेको थियो कि संशोधन हुन नदिने तर काँग्रेसले संशोधन गर्ने भनि यत्रो दिन भुलाएर राख्यो र अन्त्यमा एमालेले धोका दिएको भन्दै पन्छेको र संशोधन हुन नदिएको उहाँले दावी गर्नुयभो ।
आफ्नो एक–एक मतको महत्व दिएर मधेशको लागि सदुपयोग गर्न मधेशी जनतासँग आग्रह गर्दै उहाँले मधेशबाट काँग्रेस समाप्त भए मात्र मधेशी जनताले मुक्ति पाउने धारणा राख्नुभयो ।
सर्लाही–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका महेन्द्र राय यादवको प्रतिस्पर्धामा काँग्रेसको तर्फबाट जंगीलाल राय यादव हुनुहुन्छ । जंगिलाल राय यादव राजपा नेपालका महासचिव हुनुहुन्थ्यो ।
स्थानीय तहको चुनावमा टिकटमा कुरा नमिलेपछि उहाँ सो पार्टी छाड्नु भएको थियो । उहाँ अहिले काँग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ ।

No comments: