» » मधेश आन्दोलनका शहीद परिवारलाई ५० लाख दिने राजपाको घोषणा

महोत्तरी मंसिर ७ गते । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

मधेश आन्दोलन शुरु गर्दा पनि यो घोषणा गरेको थियो । आज घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपा नेपालका नेताहरुले आफ्नो नेतृत्वको मधेश सरकार निर्माण भयो भने सहिद परिवारलाइृ ५०–५० लाख रुपियाँ दिने प्रतिवद्धता जनाएको छ ।

महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण शहिदलाई प्रति परिवार ५०–५० लाख दिने घोषणा गरेको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दावी गर्दै मधेश प्रदेशको सरकारद्वारा शहिद परिवारलाई ५०–५० लाख दिने जानकारी दिनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको आह्वान गरे संगै आन्दोलनमा शहादत दिने लाई ५०–५० लाख रुपैया दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो ।

राजपाको चुनावी घोषणापत्रमा ५० लाख दिने कुरा उल्लेख नभएपनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले जानकारी दिनुभयो ।

शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, शहिद परिवारक बच्चाहरुको निशुल्क अध्ययनको व्यवस्था गरिने, शहिद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने पनि नेता महतोले प्रतिबद्धता जनाउनुभयो ।

‘मधेश आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघियता आएको र आफ्नै प्रदेशमा आफ्नै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भन्नुभयो– शहिदको सम्मानमा कुनै आंच आउन नदिने र शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेश सरकार माथि हुनेछ ।’

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..