» » मधेशमा बहुमत ल्याएर सविधान संशोधन गराउने उपेन्द्र यादवको दावी

सप्तरी मंसिर ४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको टिप्पणी गर्नुभएको छ । 

झूठ बोलेर ठाग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने यादवले बताउँनुभयो । 

निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाऊँ पालिका वड़ा नम्बर ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भन्नुभयो, वाम गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ । ढोंगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ ।ु 

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गर्नुभएको छ । मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको यादवले आरोप लगाउनुभयो । यादवले भन्नुभयो, ुमधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो । जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ ।ु

मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड़ने दाबी गर्नुभएको छ । 

त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन आम जनतालाई उहाँले अपील गर्नुभयो । 

सोही कार्यक्रममा छिन्नमस्ता गाऊँपालिकाको नेपाली कांग्रेसका संयोजक जिब्रील मियाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धनलाई समर्थन गर्नुभएको छ । 

नेता मियाँले कांग्रेसको केन्द्रीय निर्देशन अनुसार यादवको पक्षमा मसाल चिन्हमा भोट हाल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो । 

सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपेन्द्र यादवलाई काँग्रेसले यसअघि नै समर्थन गरिसक्नुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..