» » राजेन्द्र महतोले भन्नुभयो, जनकपुरवासीले बुलेटको जवाफ ब्यालेटले दिन्छ

जनकपुर कात्तिक १८ गते । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि बिरुद्ध उम्मेद्वारी दिनु भएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले निधिकै गाउँबाट आफ्नो चुनावी अभियानको शुरुआत गर्नुभएको छ ।

 निधिको जन्मथलो रहेको नगराइन नगरपालिकाको जटहीमा रहेको मधेश आन्दोलनका प्रथम शहिद दुर्गानन्द झाको शालिकमा माल्यार्पण गर्दै आफ्नो चुनावी अभियानको शंखनाद गर्नुभएको हो ।

आज बिहान आफ्ना आफ्ना कार्यकर्ता र स्थानीय जनताको बीच चुनावी अभियानको  शुरुवात गर्दै महतोले यो निर्वाचन मतदान मात्र नभएर मधेश आन्दोलनको एउटा रुप रहेको बताउनुभयो । काँग्रेसी नेता र आफ्ना प्रतिद्वन्द्वी बिमलेन्द्र निधिलाइ लक्षित गर्दै राजपा अध्यक्ष महतोले भन्नुभयो, कांग्रेसी सरकारले मधेश आन्दोलनको बेला चलाएको बुलेटको जवाफ यसपाली धनुषाका जनताले ब्यालेटले दिने छ ।

जनकपुरमा रहेको मधेश आन्दोलनमा शहादत दिएका विभिन्न शहिदहरुको परिवारलाइ भेट्दै राजेन्द्र महतोले निधि गृहमन्त्री भएकै बेला उहाँको निर्देशनमा मलेठमा गोली चलाएर ५ जनाको हत्या गरेको समेत आरोप लगाउंदै त्यसको बदला यसपाली धनुषा ३ को जनताले लिने बताउनुभयो ।

मधेश विरोधी संविधान बनाउने काम नेपाली कांग्रेसलेनै गरेको र मधेशी जनताको मांग अनुरुप संविधान संशोधनको प्रस्ताव कांग्रेसकै कारण सफल हुन नसकेको आरोप महतोले लगाउनुभयो ।

उहाँले मधेशी जनता अब जागरुक भई सकेको र कसैको र कुनै प्रकारको लोभ लालच, भय त्रासमा आएर मधेश विरोधी पार्टीलाइ र मधेशी आवरणमा रहेका मधेश बिरोधी नेतालाई मतदान नगर्ने दाबी गर्नुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..