» » सत्ताको आतंक निस्तेज पारिन्छः महतो

जनकपुर मंसिर १२ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सत्ताको आतंक मधेशी जनताले निस्तेज पार्ने बताउनुभएको छ ।

सत्तारुढ दलका नेता एवं प्रतिनिधिसभा चुनावका प्रतिस्पर्धी विमलेन्द्र निधिप्रति लक्षित गर्दै महतोले सत्ताको दुरुपयोग गर्ने सपना नदेख्न चेतावनी दिनुभयो ।

धनुषाको मिल्स एरियामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, धाक धम्कीको राजनीतिबाट राजपा डराउनेबाला छैन ।

काँग्रेसले सत्ताको दुरुपयोग गरी चुनावमा धाँधली गर्न सक्ने संभावना औल्याउँदै महतोले जनताको मतको बाक्सा चोर्नेलाई जनताले नै गायव बनाइदिने बताउनुभयो । मधेशमा भय र त्रासको राजनीति गर्ने नेपाली कांग्रेस बिरुद्ध लड्न आफू सदैव तयार रहेको महतोको भनाई रहेको थियो ।

नेपाली काँग्रेसलाई मत दिए सहीदको बलिदानीको अपमान हुने नेता महतोले बताउनुभयो । जसले मधेश आन्दोलन दमन गर्न गोली बर्साउन लगायो अहिले उही भोट माग्न आएको छ, निधिप्रति लक्षित गर्दै महतोले भन्नुभयो, उहाँलाई भोट होइन सजाय दिने यो उत्तम समय हो  । 

उहाँले सम्वृद्ध मधेशको स्थापनाका लागि आफूलाई मतदान गर्न आग्रह समेत गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..