» » महन्थ ठाकुर काठमाडौ फर्के

काठमाडौ कात्तिक २३ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर आज काठमाडौ फर्किदै हुनुहुन्छ ।

पार्टीको विशेष कामले उहाँ काठमाडौ आउन लागेको पार्टी स्रोतले जनाएको छ ।
महोत्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका ठाकुर काठमाडौबाट पश्चिम मधेश जाने कार्यक्रम रहेको बताइएको छ ।

सर्लाहीमा दुई पटक चुनाव हार्नुभएका ठाकुरले यसपटक महोत्तरीमा आफ्नो चुनावी क्षेत्र सुरक्षित देखेपछि उहाँ त्यहाँबाकट चुनाव लड्नु भएको हो ।

पटक पटक चुनाव हारेको कारणले यसपटक चुनाव नै लड्ने सोच उहाँले बनाउनुभएको थियो । शुरुमा उहाँको नाम समानुपातिकमा पठाइएको थियो । पछि दुई नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने भनि प्रदेशबाट चुनाव लड्ने तयारीमा लाग्नु भएको थियो तर पछि उहाँ त्यो सोच पनि छाडेर प्रतिनिधिसभा चुनाव लड्नु भएको हो ।

प्राप्त स्रोत र सूचनाका अनुसार यसपटक उहाँ चुनाव जित्ने सम्भावना धेरै रहेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..