» » शंकास्पद बन्दै प्रकाश दाहालको निधन

काठमाडौ मंसिर ३ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको निधन संकास्पद बन्दै गएको स्रोतहरुको दावी छ ।

बुवासँग चितवनसम्म हुँदा कुनै अप्ठ्यारो थिएन । सन्चो छैन भनि उनी काठमाडौ फर्किनु भएका प्रकाश दाहाल घरमा पनि सन्चो छैन भनि सुत्न खोज्नु भएका थियो । ज्वरो छ भन्दै खाना पनि रुचि नमानी नमानी खानु भएका प्रकाश विहान नउठेपछि आमा सिता दाहाल उठाउनु जानु भएको थियो ।

उठाउँदा नउठेपछि उहाँलाई हतपत अस्पताल पुर्याइएका थियो । अस्पतालमा जाने वित्तिकै प्रकाशलाई मृत घोषणा गरेको थियो तर अस्पतालले त्यो कुरालाई अझै औपचारिक घोषणा गरेको छैन ।

उता झापाबाट फर्किनु भएका प्रचण्ड अझै निवासमै हुनुहुन्छ । सुरक्षा स्रोतका अनुसार प्रचण्डले छोराको बारेमा सोधखोज गरेपछि शंकास्पद पाएपछि त्यसको बारेमा अझै बुझ्न सुरक्षा अधिकारीसँग लाजिम्पाटमा छलफल गरिरहनु भएको छ ।

विहान प्रकाशको निधन ह्रदयघातबाट भएको समाचारहरु बाहिर आएपनि अहिले त्यसबाहेकका कुराहरु पनि बाहिर आइरहेको बताइन्छ ।

घरमा सुरक्षागार्ड बाहेक आमा सीता र भान्जी रहेको पारिवारिक स्रोतले जनायो ।
के कारणले र कसरी प्रकाशको निधन भएको कुरा अस्पतालले अझै जानकारी गराएको छैन, त्यसले झन मृत्यु शंकाको घेरमा परेको छ ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..