» » सिरहामा राजपा उम्मेदवार सुरेश मण्डलकै चर्चा

सिरहा मंसिर ५ गते । सिरहा क्षेत्र नम्बर ३ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ तर उहाँको अवस्था अझै सुध्रिएको छैन भनि एकातिर चर्चा भइरहेको छ भने त्यहीबाट प्रदेश दुईका उम्मेदवार बन्नुभएका सुरेश मण्डलको व्यापक चर्चा छ ।

युवा नेता, हालसम्म कुनै पदको लोभ नगरेको, पार्टीले दिएको जिम्मेवारी इमान्दारी पूर्वक निर्वाह गरेको तथा मधेश आन्दोलनको हरेक मोर्चामा अग्रभूमिकामा रहनुभएको तथा पार्टी तथा हरेक प्लेटफर्ममा आफ्ना स्पष्ट धाराणा राख्ने सुरेश मण्डल जित्दैछन् भन्ने चर्चा स्थानीय मतदाताको मुखबाट सुनिन्छ ।

नयाँलाई अवसर दिनुपर्छ । नयाँले केही गर्छ कि भन्ने आशा मधेशी जनतामा देखिएो छ ।

कुनै समय मधेशका विभिन्न माग राख्दै विरोध, प्रदर्शन र श्रृंखलाबद्ध मुडभेडको केन्द्रका रुपमा रहेको सिरहामा यतिबेला चुनावी माहोल तातिएको छ ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागी मतदाताहरु निकै उत्साहित रहेका छन् भने उम्मेदवारहरु भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

सिरहा क्षेत्र नं। ४ को “ख” का राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभाका उम्मेदवार सुरेश मण्डलको व्यापक चर्चा परिचर्चा रहनु भएको छ । 

विद्यार्थीकालदेखि नै सक्रिय रुपमा राजनितिमा होमिएका मण्डल सधै मधेशका अधिकारका लागि संघर्ष गर्ने नेताका रुपमा चिनिनु भएको छ । पार्टीमा बौद्धिक युवा नेताको रुपमा चिनिएका सुरेश मण्डलको विभिन्न खालको लेखहरु पनि पत्रपत्रिकामा प्रकाशित भएको छ ।

नेता मण्डलले उम्मेदवारी दिएदेखि नै प्रतिपक्षी दलले समेत त्यस क्षेत्रमा आफ्नो जित लगभग सकिएको अनुमान गर्न थालेका जानकारहरु बताउछन् ।

राजपा नेपालका सह–महामन्त्रि समेत रहेका उम्मेदवार मण्डल ईमानदार, क्षमतावान, संघर्षशिल नेताका रुपमा चिनिनुको साथै लामो समयसम्म चलेको मधेश आन्दोलनमा अग्र पंक्तिमा रहेकोले अहिले आएर उहाँको पक्षमा जनमत देखिएकोले बिपक्षी उम्मेदवारलाई निकै चुनौतिपूर्ण बनेका हुन् ।

सधै मधेशको बिपक्षमा बोल्ने प्रमुख दलहरुको उम्मेदवारलाई मतदाता रिझाउन कठिनाई भएकोले मण्डलको जित देखिएको स्थानीय मतदाताहरु बताउने गरेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..