» » उपेन्द्र यादवले मतदातासँग भन्नुभयो, चुनाव लगत्तै मधेश प्रदेश घोषणा गर्छौ

सप्तरी कार्तिक २८ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेश गठबन्धन दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याएर विजयी हुने दाबी गर्नुभएको छ । 

अध्यक्ष यादवले आफूहरुको गठबन्धन विजयी भए लगतै प्रदेश दुईलाई मधेश प्रदेश घोषणा गर्ने दाबी गर्नुभयो । स्थानीय चुनावको उत्साहजनक नतिजालाई आधार मान्दै आगामी चुनावमा फोरम नेपाल र राजपाको प्यानल भारी बहुमतले जित्ने यादवको दाबी छ । 

सप्तरीको आफ्नो निर्वाचन क्षेत्र २, महदेवा गाउँपालिका वडा नम्बर १, पकरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्सादेखि सप्तरीसम्मको आठ जिल्लालाई समेटेर प्रदेश दुईमा मधेश सरकार निर्माण गर्ने बताउनु भएको हो । 

फोरम नेपालका अध्यक्ष यादवले मधेश विरोधी शक्तिलाई भोट नहाल्न आह्वान पनि गर्नुभयो । काँग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनका क्रममा निहत्था जनतामाथि गोलि हान्न लगाउने तीन दललाई भोट नदिन अपील गर्नुभएको छ ।  

अधिकार प्राप्तिका लागि सडक संघर्षमा रहेका निहत्था जनतामाथि हिजो गोलि हान्न आदेश दिने कांग्रेस, माओवादी र एमाले मधेश विरोधी हुुन्। उनीहरुलाई भोट हाल्नु भनेको मधेश आन्दोलनको अपमान हो’– उपस्थिति मतदातालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयो । 

अध्यक्ष यादवले औपचारिक रुपमा आइतबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् । 

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टीका महासचिव मनिष कुमार सुमनले आन्दोलनका शहीदहरुलाई श्रद्धाञ्जली वापत् फोरम नेपाल र राजपा नेतृत्वको मधेश गठबन्धनलाई भोट हाल्न आम जनतालाई अपील गर्नुभएको छ । 

महदेवाको पकरीमा आयोजित सोही सभालाई सम्बोधन गर्दै नेता सुमनले पनि मधेश विरोधी शक्तिलाई भोट हालेर शहीदको अपमान गर्न नहुने सुझाव दिनुभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..