» » राजेन्द्र महतोले भन्नुभयो, लोकतान्त्रिक गठबन्धन नबन्नुमा काँग्रेसी दोषी

जनकपुर कात्तिक २४–राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले लोकतान्त्रिक गठबन्धन नबन्नुमा नेपाली काँग्रेस दोषी रहेको बताउनु भएको छ  ।
धनुषा–३ को घोरघासमा चुनावीसभालाई सम्बोधन गर्दै राजेन्द्र महतोले काँग्रेसके केही नेताको निजि स्वार्थको कारण लोकतान्त्रिक गठबन्धनले पूर्णता नपाएको बताउनुभयो ।

धनुषा–३ मा आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधिलाई इंगित गर्दै महतोले भने एउटा सिटमा पनि सम्झौता हुन नदिने नेताले लोकतान्त्रिक गठबन्धनमा भाँडभैलो मचाएको आरोप लगाउनुभयो । ठूलो दलले ठूलो दिल देखाउनु पर्छ, सबै सिट आफै लिने र मधेशी नेतालाई प्रदेश सभा र राष्ट्रिय सभाको ललिपप देखाएर राजनीतिक समाप्त पार्ने षड्यन्त्र कांग्रेस पार्टीले गरेको छ, महतोले भने, एउटा नेताको स्वार्थमा लोकतान्त्रिक गठबन्धनको गर्भमै हत्या गरिएको छ ्र

चुनावी सभालाई सम्बोधन गर्दै राजपा नेता राजेन्द्र महतोले संविधान संशोधन विफल गराउने षड्यन्त्रमा एमाले संगसंगै नेपाली कांग्रेसले पनि षड्यन्त्रकारी भूमिका खेलेको आरोप लगाउनुभयो ।

स्थानीय चुनाव भन्दा पहिले संविधान संशोधन गरे त्यसको पुरै फाईदा राजपाले पाउने अनुमान गरेपछि नेपाली कांग्रेसका केही मधेशी नेताहरुले षड्यन्त्रपूर्वक संशोधन विधेयकलाई असफल बनाएको समेत आरोप लगाउनु भयो ।


यस संसदीय चुनाव पछि संविधान संशोधन सुनिश्चित गरि मधेशी जनताको खोसेको अधिकार फिर्ता दिलाउन राजपा र
 फोरम गठबन्धनको पक्षमा मतदान गर्न सर्वसाधारणलाई आह्वान गर्नु भयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..