राजविराज मंसिर १३ गते – सप्तरी–१ ‘क’मा मुख्यमन्त्रीका दाबेदारसहित हेभीवेट नेताहरू आपसमा चुनावी भिडन्त गर्दै छन् ।
त्यहाँ राजपाका महासचिवदेखि एमालेका प्रदेश २ संयोजक र मुख्यमन्त्रीका दाबेदारसम्म चुनावी मैदानमा छन् ।
राजपाका महासचिव राजकुमार लेखी, एमालेका प्रदेश २ संयोजक सत्यनारायण मण्डल, कांग्रेसका तर्फबाट निवर्तमान सांसद डा. सुबोध पोखरेल चुनाव भिड्दै हुनुहुन्छ ।
एमालेकै प्रकाश खतिवडा बागी उम्मेदवार छन् । दोस्रो संविधानासभामा समानुपातिक सांसद रहेका सुबोध यसपटक प्रदेशमा प्रत्यक्षबाटै भिड्न लाग्नु भएको हो । सांसददेखि मन्त्रीसम्म बनिसकेका मण्डल यसअघि प्रत्यक्ष चुनाव भने लड्नु भएको थिएन ।
अर्का उम्मेदवार राजकुमार लेखी एमालेका पूर्वकार्यकर्ता हुनुहुन्छ । आफ्नै नेतृत्वमा खोलिएको नागरिक पार्टी छाडेर गत वैशाखमा उहाँ तत्कालीन सद्भावना पार्टीमा जानुभयो ।
सद्भावनासहित ६ दलको राजपा बनेपछि उहाँ महासचिव बन्नुभएको छ । प्रतिनिधिसभाका आकांक्षी उनलाई प्रदेशसभाको टिकट दिइएको हो ।
यो क्षेत्रमा एमाले जिल्ला सदस्य प्रकाश खतिवडाले बागी उम्मेदवार दिएपछि मण्डलका लागि चुनौती खडा भएको छ । बागी उम्मेदवारी दिएकै कारण खतिवडा पार्टीको कारबाहीमा पनि परेका छन् ।
हुन त यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले दुई तह जितेको छ । कञ्चनरूप र सप्तकोसी नगरपालिका एमालेले जितेको छ । एमालेको संगठन बलियो भए पनि खतिवडाले स्वतन्त्र उम्मेदवारी दिएपछि मण्डललाई सकस परेको हो ।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि प्रदेशसभाको टिकट पाएका पोखरेललाई कांग्रेसीहरूको साथ छ । कांग्रेस स्थानीय नेता–कार्यकर्ता उहाँको प्रचारप्रसारमा जुटिसकेका छन् ।
उहाँ पनि कडा प्रतिस्पर्धामा रहनु हुने आँकलन गरिएको छ ।
प्रदेशसभाको यो क्षेत्रमा पर्ने कुल तीन स्थानीय तहमध्ये कृष्णा सावरण गाउँपालिकामा मात्र कांग्रेसले जित्नु भएको छ ।
कञ्चनरूपमा भने कांग्रेसले दोस्रो मत ल्याएको थियो ।

No comments: