» » केशव झाले भन्नुभयो, मधेशमा मधेश सरकारमा मात्र

काठमाडौ मंसिर १२ गते । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रवक्ता केशव झाले दुई नम्बर प्रदेशमा मधेशवादी दलले दुई तिहाई बहुमत ल्याएर आफ्नै सरकारले निर्माण गर्ने दावी गर्नुभएको छ ।

मधेशवादी दलप्रति मतदाताको रुझानले मधेश सरकार बन्ने कुरा स्पष्ट भएको बताउँदै उहाँले मधेश प्रदेशमा मधेशी दलको सरकार निर्माण नभए मधेशको समस्या कहिल्यै समाधान नहुने बताउनुभयो ।

सहारा टाइम्ससँग कुरा गर्दै प्रवक्ता झाले भन्नुभयो, मधेशका मतदातालाई अब मधेशवादी दलसँग कुनै गुनासो छैन, मधेशी जनताले सरकारमा नजाने भन्यो हामी सरकारमा गएनौ, मधेशी जनताले तिमीहरु एक होऔं, हामी एक भयौं, तिमिहरु मिलेर चुनाव लड भन्यो हामी एक भएर चुनाव लड्यौं । अर्थात मधेशी जनताले जे जे भन्यो हामीले त्यही त्यही गर्यौं त्यसले हामीप्रति विश्वास बढेको छ र हामीलाई नै मतदान गर्ने विश्वास छ ।
मधेशको खोल ओढेर विभिन्न दलहरु अहिले मधेशी जनताको माझमा पुगको छ र मधेशी जनतालाई विभिन्न लोभ प्रलोभन दिइरहेको दावी गर्दै प्रवक्ता झाले लोभलालच दिने दल तथा दलका नेतालाई कारवाही गर्ने चेतावनी दिनुभयो ।

मधेशमा आन्दोलनकारी गरिहँदा काठमाडौमा दिपावली गर्ने दलहरु मधेशमा गएर आएर गोहीका आँसु बगाईरहेको टिप्पणी गर्नुभयो ।

सविधान संशोधन कसको कारणले भएन त्यो कुरा मधेशी जनता राम्रोसँग बुझेको त्यसको जवाफ ब्यालेट दिने बताउँदै उहाँले बहुरुपियाँ दलहरुबाट सावधान रहन मतदातालाई आग्रह गर्नुभयो ।  

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..