» » यो चुनाव मात्र होइन, संघर्षको एक मोर्चा पनि हो- भणडरी

काठमाडौ मंसिर ११ गते । राष्ट्रिय जनता पार्टी नेपालका अधयक्ष शरतसिंह भन्डारीले मधेस सरकार निर्माणका लागि मधेसी दलको बहुत ल्याउन आवश्यक रहेको बताउनु भएको छ ।

मधेसको मुक्तिका लागि मधेसी दलको बहुत आउनै पर्छ, उहाँले भन्नुभयो, देशभरि नै राजपा र फो रमले बहुतमत ल्याउनु पर्छ तर त्यहाँ नसकिए पनि दुई नम्बर प्रदेशमा जसरी पनि ल्याउनु पर्ने हुन्छ ।'

मधेस प्रदेशमा पनि अरु दलको सरकार बन्यो भने त्यो जतिको बेइज्जत केहि पनि नहुने बताउँदै उहाँले मधेसी जनताले यही दिनका लागि यत्रो संघर्ष गरेको बताउनु भयो ।

मधेसी जनताले गरेको बलिदानको अबमूल्यन राज्यबाट भएकाले अब ब्यालेटबाट मत जाहेर गर्न उहाँले आग्रह गर्नु भयो ।

सविधान संशोधनका लागि त्यत्रो आन्दोलन हुँदा पनि काँग्रेस, माओवादी र एमाले षड्यन्त्र गरेर संशोधन हुन नदिएको भनि उहाँले ठो कुवा गर्नुभयो ।

सडकमा ओर्लेर आफन ो अधि कारका लागि संघर्ष गरेका जनताले अब आफनो मतबाट अधि कार लिनुपर्ने कुरामा जोद दिनुभयो ।

घरदैलो कार्यक्रममा मतदातसँग उहाँले भन्नुभयो, यो हाम्रो लागि चु नाव मात्र होइन, विभेद विरुद्धको लडाइ पनि हो, आन्दोलनको एउटा मोर्चा हो यदि यस मोर्चामा यदि यसपालि सफल भइएन भने पाँच वर्षसम्म मधेसमा थि पहिला भन्दा पनि कडा विभेद हुनेछ ।'

मधेस सरकार र सविधान संशोधन गरेर मधेसलाई अधका र सम्पन्न बनाउन उहाँले मतदातासँग आग्रह गर्नुभयो ।

केहिबाट नसकिए पनि बम पड्काएर मधेसी जनतालाई तर्साएको उल्लेख गर्दै बन्दुक बारुदको जबाफ ब्यालेटबाट दिने उहाँले चे तावनी दिनुभयो ।

अधि कार माग्दा छातीमा गोली ठो क्ने राज्यले यो फसफु सिया बमले तर्साउन सक्दैन उहाँले भन्नुभयो, विभेस विरुद्धको लडाइलाई जसरी पनि जित्छौ त्यसका लागि तपाईंको साथ चा हिन्छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..