» » शरतसिंह भणडरी घरको अगाडी बम विष्फोट

महोत्तरी मंसिर १० गते । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीको घरअगाडि आइतबार विहान बम विस्फोट भएको छ।


महोत्तरीको औरहीमा रहेको भण्डारीको निजी निवासअगाडि बम विस्फोट भएको प्रहरीले जनाएको छ। नेता भण्डारी महोत्तरी क्षेत्र नम्बर २ मा राजपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदबार छन्।
भण्डारीको घरअगाडि रहेको पोखरीको डिलमा बम विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीेले जनाएको छ।
राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव जा सो घटनाको भर्त्सना गरेको छ ।

बम विस्फोट घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन् । सरकारले उम्मेदवार तथा मतदातालाई सुरक्षा दिन नसकेको आरोप लगाउँदै उनले शा न्ति सुरक्षा कायम गर्न माग गरेका छन् ।

कसले विष्फोट गरेको हो खुल्न सकेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..