» » उपेन्द्र यादवलाई मत हाल्ने विषयमा यस्तो भन्यो काँग्रेसले

राजविराज, मंसिर ७ गते । नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले सप्तरी क्षेत्र नम्वर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भोट हाल्न कार्यकर्ताहरुलाई निर्देशनसहितको अपिल गरेका छन् ।

सप्तरी क्षेत्र नम्वर–२ बाट उम्मेदवार बनेका अध्यक्ष यादवलाई समर्थन गर्न कांग्रेसको केन्द्रीय तहबाटै निर्देशन प्राप्त भएपछि जिल्ला सभापति यादवले सोही अनुसार संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह ‘मसाल’ मा भोट हाल्न छिन्नमस्ता, तिलाठी कोइलाडी र महदेवा गाउँपालिकाका पदाधिकारी तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । 

यादवले गत मंसिर ३ गते नै लिखित निर्देशन जारी गरेको भए पनि विहीबार मात्रै उक्त निर्देशनसहितको पत्र सार्वजनिक गरिएको हो ।

सप्तरी–२ मा कांग्रेसबाट सकलदेव सुतिहारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । हाल सुतिहारले समेत उपेन्द्र यादवलाई समर्थन गर्ने भन्दै चुनाव प्रचार गरेका छैनन् ।

 उनले पहिल्यै आप्mनो उम्मेदवारी फिर्ता लिन चाहेको भए पनि समय तालिका बमोजिम निर्वाचन आयोगको कार्यालय पुग्न नसक्दा प्राविधिक हिसाबले उम्मेदवारी हालसम्म पनि कायमै रहेको छ ।

‘प्राविधिक रुपमा हाम्रो पार्टीको सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा उम्मेदवारी रहे पनि उक्त क्षेत्रमा मधेस गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई हाम्रो उम्मेदवार सकलदेव सुतिहार समेतले समर्थन गरेको हुँदा सोही अनुसार सहयोग गर्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अपिल गर्दछु,’ सभापति यादवद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

जयप्रकाश ठाकुर समेत कारवाहीमा
यता सप्तरी क्षेत्र नम्वर–२ मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका जयप्रकाश ठाकुर समेत राजपाले मधेस गठबन्धनविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाहीमा परेका छन् । 

प्रदेश नम्वर २ मा संघीय फोरम र राजपा बिच चुनावी गठबन्धन गरिए अनुसार सप्तरी–२ मा संघीय फोरमबाट उपेन्द्र यादव प्रतिनीधिसभा उम्मेदवार बनेका छन् ।

राजपाका संयोजक महन्थ ठाकुरले विहिबार प्रेस विज्ञप्ती जारी गरी गठबन्धन विरुद्ध उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताहरुलाई दुई वर्षसम्मका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..