» » मुसहर समुदाय द्धारा राजपालाई ज्ञापनपत्र

जनकपुरधाम, १४ मंसिर । केही महिना पहिला सम्पन्न स्थानीय तहको निर्वाचन सहित मंसिर २१ गते हुन लागेको प्रदेश सभा तथा राष्ट्रिय सभाको चुनावमा पनि मुसहर समुदायको प्रतिनिधित्व शुन्य हुने अवस्था देखेर कार्तिक २५ गते देखि शुरु भएको देश भरिका १२ लाख मुसहर समुदायको आन्दोलनले नेपालका प्रमुख पार्टीहरुलाई चुनाव पछि गठन हुने राष्ट्रिय सभामा मनोनित गर्ने प्रतिबद्धता जनाउन आग्रह सहित ज्ञापनपत्र बुझाउने कार्य अगाडी बढाएको छ ।

यसै क्रममा मधेशवादी दल राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरद सिंह भण्डारीलाई भेटी यस आन्दोलनमा रहेका अगुवाहरुले मुसहर समुदायको राष्ट्रिय सभामा मनोनित मार्फत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह पत्र बझाएको छ ।

यसरी आग्रह पत्र बुझाउने मुसहर अगुवाहरु चन्देश्वर सदा, सीयाराम सदा, पचुलाल माझी, चतुरलाल रिषिदेव र अजय रिषिदेव छन जसले समग्र मुसहर समुदायको तर्फबाट उक्त आग्रह पत्र बुझाएका छन् ।

देशभरिका मुसहरहरु एक जुट भई अब गठन हुने राष्ट्रिय सभामा मुसहरहरुको सम्मानजनक समानुपतिक प्रतिनिधित्व गराउन मनोनित गर्न देशका सबै प्रमुख दलहरु, महामहिम राष्ट्रपति र निर्वाचन कार्यालयलाई आग्रह पत्र मार्फत जानकारी गराउने निर्णय मुसहर अगुवाहरुको काठमाडौमा कार्तिक २५ र २६ मा सम्पन्न भेलाले गरेको थियो ।

उक्त आग्रह पत्रमा उल्लेख गरिको छ, जुन दलले राष्ट्रिय सभामा मुसहर समुदायको सम्मानजनक प्रतिनिधीत्व गराउने लिखित सहमती गर्छ, त्यो दललाई नै देशभरिका मुसहरहरुको मत दिने र दिलाउने कार्यमा सम्पुर्ण मुसहर समुदाय लाग्ने छ ।

यदि कुनै पनि दलले अन्तिम अवसरको रुपमा रहेको राष्ट्रिय सभामा मुसहरहरुको सम्मानजनक समानुपातिक प्रतिनिधित्वको लागि लिखित प्रतिबधता गरेन भने देशभरिका मुसहरले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव पुर्ण रुपमा बहिष्कार गर्ने चेतावनी पनि उक्त आग्रह पत्रमा लेखिएको छ ।

आग्रह पत्र अनुसारको राजपाको पार्टीको आधिकारीक धारणा र लिखित प्रतिबद्धता मुसहर समुदायलाई जानकारी गराई दिन अनुरोध गरिएको छ ।

पार्टीको आधिकारीक धारणाको लागि हामी तीन दिन सम्म प्रतिक्षारत हुनेछौं र राजपा नेपालको जवाफ अनुसार हामी हाम्रो अगामी कदम चाल्न बाध्य हुनेछौं भने व्यहोरा पनि उक्त आग्रह पत्रमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्रिय मुसहर संघ, नेपालका अध्यक्ष चन्देश्वर सदा, शक्तिहिनको सशिक्तकरण: मुसहर समुदायको समग्र उत्थान अभियानका संयोजक पचुलाल माझी मुसहर र नेपाल ऋषिबशी जनकल्याण संघका आधिकारीक प्रतिनिधी चतुरलाल ऋषिदेव द्धारा हस्ताक्षरीत आग्रह पत्र बुझाउदां राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य भण्डारीले सकारात्मक सन्देश दिएको थिए । साथै, राजपा नेपालका अध्यक्ष मण्डलमा छलफल गरेर यसको लिखित जवाफ दिने प्रतिक्रिया अध्यक्ष मण्डलका सदस्य भण्डारीले दिएका थिए ।

यस्तै, मंसिर १५ भित्रमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयां शक्ति र विवेकशील साझा पार्टी लाई पनि उक्त आग्रह पत्र बुझाई सक्ने छ, शक्तिहिनको सशिक्तकरण: मुसहर समुदायको समग्र उत्थान अभियानका संयोजक पचुलाल माझी मुसहरले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..