» » महन्थ र शरतको नाम महोत्तरीबाट सिफारिश

काठमाडौ असोज २३ गते । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको महोत्तरीको तीन र अध्यक्ष मण्डलका सदस्य शरतसिह भण्डारीको नाम महोत्तरीको एक र दुईबाट सिफारिश हुनुभएको छ ।

राजपा नेपाल महोत्तरीको आइतवार बसेको बैठकले त्यस्तो निर्णय गरी केन्द्रलाई सिफारिश गरेको छ ।
क्षेत्र नम्बर तीनबाट महन्थ ठाकुरको नाम सिफारिश भएको छ तर उनी चुनाव नलडे त्यहाँ वैकल्पिक उम्मेदवारको रुपमा छजनाको नाम सिफारिश भएको छ ।

त्यसमा रानी शर्मा तिवारी, सुनिल रोहित, इन्द्रराज प्रसाद सिह, वृषेशचन्द्र लाल कर्ण, सुरिता साह र चन्देश्वर झाको नाम रहेका छन् ।

एक डेढ महिना पहिले राजपा नेपालमा प्रवेश गरेका स्वतन्त्र सांसदको नाम पनि रहेको छ तर स्थानीय तहको चुनावमा उनले राजपा नेपाललाई असहयोग गरेको उजुरी पनि परेको पार्टी स्रोतले जनाएको छ ।



यो छुटाउनु भो कि ?
वृषेशचन्द्रलाई पत्याएन राजपा नेपाल महोत्तरीले

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..