सो क्षेत्रबाट राजपा नेपालका संयोजक महन्थ ठाकुरको नाम पनि चर्चामा थियो तर उहाँले चुनाव नलड्ने भनेपछि वृषेशचन्द्र लालले आफ्नो नाम अघि सारेर चर्चामा ल्याउनु भएको थियो । महोत्तरी क्षेत्र नम्बर तीनका सम्भावित उम्मेदवार भनि सञ्चारमाध्यममा व्यापक चर्चा गराउनुभएको थियो ।
तर असोज २२ गते बसेको महोत्तरी जिल्ला अध्यक्ष मण्डलको बैठकले वृषेशचन्द्र लाल यस जिल्लाको नभएको कारण सिफारिश गर्न नमिल्ने भनि लखेर केन्द्रमा पठाएको छ ।
वृषेशचन्द्र लालको साविक घर महात्तरी नै हो तर उहाँ अहिले जनकपुर बस्न थाल्नु भएको छ । उहाँको नाम धनुषाको भोटरलिस्टमा रहेको छ । दोस्रो सविधानसभा चुनावमा धनुषाको चार नम्बर क्षेत्रबाट लड्नु भएको थियो । तर उहाँ पराजित हुनुभएको थियो ।
क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभाबाट महन्थ ठाकुरको नाम सर्वसम्मतिले पठाएको छ । यदि अध्यक्ष ठाकुरले चुनाव लडेन भने मात्र अरुले चुनाव लड्न पाउने निर्णयमा उल्लेख छ । त्यसको विकल्पमा अरु छजनाको नाम पनि सिफारिश गरेको छ ।
एक नम्बरमा रानी शर्मा तिवारीको नाम छ भने दुई नम्बरमा सुनिल रोहित, त्यसपछि इन्द्रराज प्रसाद सिह, वृषेशचन्द्र लाल, सुरिता साह, चन्देश्वर झाको नाम उल्लेख छ । वृषेशचन्द्रको नाम त्यहाँ उल्लेख भएपनि कैफियतमा ‘वृषेशचन्द्र लाल कर्ण जी अन्य जिल्लाको बासी भएको हुँदा उहाँको मनोनय यस ठाउँमा समर्थन हुनु हुँदैन भनि हामी अध्यष मण्डलहरुको ठहर छ’ भनि उल्लेख छ ।
यद्यपी अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय अध्यक्ष मण्डलसँग रहेको छ ।
No comments: