» » सिरहाबाट विजय यादव सिफारिस

सिरहा असोज २४ गते । संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष विजय यादव सिरहाको क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाको लागि चुनाव लड्ने उम्मेदवारमा सिफारिश हुनुभएको  छ ।
पहिलो सविधानसभा चुनावमा सिरहाको क्षेत्र नम्बर तीनबाट चुनाव जित्नु भएका विजय यादव दोस्रो सविधानसभा चुनावमा पराजित हुनुभएको थियो ।

पहिलो सविधानसभाको बेला उहाँ वाणिज्य मन्त्री पनि बन्नुभएको थियो । फोरम नेपालको तर्फबाट सिरहाका प्रभावशाली नेता मानिन्छ । मधेश आन्दोलनको समयमा सक्रिय रहनु भएका उहाँले सिरहामा फोरम नेपालको राम्रो संगठन बनाउनु भएको छ । त्यसैको परिणाम हो, यसपालीको स्थानीय तहको चुनावमा फोरम नेपालले सिरहामा एक नम्बरको स्थान कायम गर्नु ।
यसैबीच फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम पनि सिरहको एक नम्बरबाट सिफारिश भएको हो ।
फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिनुभएको छ ।

सिरहा १ बाट अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र राजलाल यादवको नामसमेत सिफारिस गरिएको छ ।

यस्तै फोरमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं २ बाट पार्टी केन्द्रीय कोषाध्यक्ष विजय यादवसहित र शत्रुघ्न महतो कोइरी, क्षेत्र ३ बाट अशेश्वर यादव र कोइरी तथा क्षेत्र नं ४ बाट डा वीरेन्द्र महतो र शीतल महतोको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य सत्यनारायण यादवले बताए ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं १ क बाट वैधनाथप्रसाद साह, जीतेन्द्रप्रकाश महतो र श्यामकुमार गुप्ता तथा क्षेत्र नं १ ख बाट राजकुमार गुप्ता, प्रयागलाल यादव र जीतेशकुमार यादवको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं २ क बाट डोमी साह, विनोदकुमार यादव, अजय यादव र भागवत यादव तथा २ ख बाट निर्मला यादव र आनन्दकुमार महतोको नाम सिफारिस गरिएको जनाइएको छ ।

क्षेत्र नं ३ क बाट मनोजकुमार सिंह र राजकुमार सिंह तथा ३ ख बाट मनोरञ्जन गोइतको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र ४ क बाट विष्णुकुमार साह, विष्णुदेवकुमार महतो र हरेराम यादवको सिफारिस गरिएको छ ।

क्षेत्र ४ ख बाट अमरकुमार साह, विजयकुमार र दिलीपकुमार यादवको नाम सिफारिस गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..