» » राजपा नेपालले सिफारिश गरेका टप छजनाको नाम यस्तो छ

काठमाडौ असोज ३० गते । राष्ट्रिय जनता पार्टी नेपालले हिजो अबेर राती बुझाएको नामावालीमा टपमा रहेका छजनाको नाम यसप्रकार रहेको छ ।

महन्थ ठाकुरले चारजनाको नाम सिफारिश गर्नुभएको थियो । त्यसमा राजु गोर्खालीको पनि नाम थियो तर यसै सहारा टाइम्समा समाचार आएपछि पार्टीका नेताहरुले दवाव दिएपछि अन्तिमसमयमा गएरु नाम फिर्ता लिनुभएको थियो । आफूसहित तीनजनाको नाम राख्नु लागाउनुभयो ।

आफ्नो नाम एक नम्बरमा राख्नुभएको छ भने दुई नम्बरमा चन्दा चौधरीको नाम राख्नुभएको छ भने तीन नम्बरमा अकवाल अहमदको नाम राख्नुभएको छ ।

त्यस्तै, चौथो नम्बरमा राजेन्द्र महतोको सिफारिशमा नरमाया ढकालको नाम राखिएको छ भने  पाँचाै नम्बरमा महेन्द्रराय यादवको सिफासिरशमा रामनरेश राय यादवको नाम राखिएको छ भने छैठाे नम्बरमा शरतसिह भण्डारीको नाममा निर्जला राउतको नाम राखिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..